चार ब्राण्डका नयाँ उत्पादन प्रदर्शन गर्दै सागर ग्रूप

Share News

सागर ग्रूपले क्यान इन्फोटेकको अवसरमा चारओटा ब्राण्डका नयाँ उपकरण तथा उत्पादनको प्रदर्शनी गर्ने भएको छ । मेलामा कम्पनीले टोटो लिङ्क, ब्रदर्स, एनईसी र क्यास्परस्किका नयाँ उत्पादन प्रदर्शनी तथा विक्री गर्ने सागर ग्रूपका प्रडक्ट म्यानेजर मोहम्मद चुन्नाले बताए । ‘मेलाको माध्यमबाट उपभोक्तामाझ हाम्रा उत्पादनका बारेमा जानकारी दिने लक्ष्य लिएका छौं,’ उनले भने, ‘मेलामा विक्री गर्नुभन्दा पनि ब्राण्डिङ र उत्पादनका बारेमा जानकारी दिनु हाम्रो प्रमुख उद्देश्य हो ।’ क्यान इन्फोटेकमा कम्पनीले टोटो लिङ्कका राउटर तथा नेटवर्किङ सम्बन्धित उपकरण, ब्रदर्स प्रिण्टरका नयाँ मोडल तथा एनईसी ब्राण्डका ताररहित प्रोजेक्टर प्रदर्शनी तथा विक्रीका लागि राख्ने चुन्नाले बताए । त्यसैगरी, कम्पनीले क्यासपरस्किका एण्टिभाइरस पनि मेलामा प्रदर्शन तथा विक्री गर्नेछ ।

उपभोक्ताका लागि आकर्षक उपहार योजना
कम्पनीले मेला अवधिभर आफ्ना उत्पादन खरीद गर्ने उपभोक्ताका लागि विशेष उपहार योजनाको घोषणासमेत गरेको छ । प्रडक्ट म्यानेजर चुन्नाका अनुसार उपभोक्ताले टोटो लिङ्कका नेटवर्किङ प्रडक्ट तथा राउटरको खरीदमा एक थान ल्यापटप ब्याग उपहारस्वरूप पाउनेछन् । एनईसी ब्राण्डका ताररहित प्रोजेक्टरको खरीदमा करीब रू. ३० हजार पर्ने स्मार्टफोन वा ट्याब्लेट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, उपभोक्ताले क्यास्परस्किका एण्टिभाइरसको खरीदमा उत्पादन श्रेणीका आधारमा विभिन्न क्षमताका पेनड्राइभ उपहारस्वरूप पाउन सक्नेछन् । ब्रदर्सको कर्पोरेटको करीब रू. १ लाख पर्ने सामान खरीद गर्दा उपभोक्ताले स्मार्टफोन पाउनेछन् । साथै, करीब रू. ३० हजार मूल्य पर्ने उत्पादनमा भने हार्डड्राइभ उपहारस्वरूप प्रदान गरिने उनले जानकारी दिए । कम्पनीले नेपालमा विक्री गर्ने सामग्री जापान, कोरियालगायत देशबाट आयात गर्दै आएको छ ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।