अजिज श्रेष्ठ
प्रमुख, होम सेल्स, मार्केटिङ एण्ड प्रमोशन्स
भायनेट कम्युनिकेशन्स प्रालि
विगतका वर्षहरूदेखि नै लाखौं उपभोक्तासामु एकैपटक आफ्ना उत्पादनका बारेमा जानकारी दिने अवसरका रूपमा क्यान इन्फोटेक रहँदै आएको छ । यसले व्यवसायीलाई आफ्ना उत्पादनको राम्रो ब्राण्डिङ गर्न सघाउ मिलेको छ । साथै, उपभोक्ताका प्रतिक्रिया र सल्लाह–सुझाव सङ्कलन गरी नयाँ उत्पादनको विकासका लागि पनि मेला राम्रो प्लेटफर्म हो । हामीले विगतदेखिको यस्तै अन्तरक्रियाको माध्यमबाट ग्राहकको माग र आवश्यकता बुझ्दै उपभोक्तामाझ ‘फाइभर होम रस’ नामको नयाँ सेवा ल्याएका छौं । ‘स्पिड बुष्ट’ अर्थात् इण्टरनेटको गति आवश्यकताअनुसार बढाउन सकिने विशेषता यसमा छ । ‘फाइभर होम रस’ २ एमबीपीएसको डिफल्ट गति भएको इण्टरनेट सेवा हो । तर, उपभोक्ताले डाउनलोड, अपलोडलगायत गर्ने क्रममा तीव्र गतिको आवश्यता परेमा यसको गति समायोजन गरी १० एमबीपीएससम्म बढाउन सक्छन् । यसले गर्दा भिडियो, ठूला फाइललगायत सहजै डाउनलोड गर्न सकिन्छ ।
फाइबर अप्टिक्सलाई इण्टरनेटको भविष्यका रूपमा लिन सकिन्छ । हामीले सन् २०११ मा नेपालमै पहिलोपटक फाइवर अप्टिक्स प्रविधिबाट इण्टरनेट सेवा प्रदान गर्न शुरू गराका हौं । पहिलो चरणमा कर्पोरेट क्लायण्टहरूलाई यो प्रविधिबाट सेवा उपलब्ध गराएका थियौं । तर, विस्तारै घरघरमा समेत यही प्रविधिको मागमा वृद्धि हुन थाल्यो । यसपछि विगत ३ वर्षदेखि यो सेवा घरेलु प्रयोजनका लागि समेत उपलब्ध गराएका हौं । हाम्रा उपभोक्ताबाट सेवाबापत निकै सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेका छन् । यही आधारमा पहिले ललितपुरमा मात्र सीमित हाम्रो सेवा अहिले काठमाडौंमा पनि विस्तार गरिसकेका छौं । आउने केही महीनामै सेवालाई भक्तपुरमा समेत विस्तार गर्ने हाम्रो योजना छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।