माघ १५,काठमाडौं । सूचना तथा सञ्चारप्रविधि क्षेत्रमा विकास भएका अत्याधुनिक प्रविधिको प्रदर्शनीका लागि परिचित क्यान इन्फोटेक शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुुरू भएको छ ।
सूचना तथा सञ्चारप्रविधि क्षेत्रको कुम्भमेलाका रूपमा लिइने इन्फोटेक आगामी २० गतेसम्म सञ्चालन हुनेछ । अहिले सञ्चालन हुने २२औं संस्करणको शीर्ष प्रायोजन सुबिसु केबलनेट प्रालिले गरेको छ भने एशोसिएट स्पोन्सरका रूपमा हुवावे छ । यसै आधारमा यस वर्ष मेलाको नाम ‘सुबिसु क्यान इन्फोटेक २०१६ इन एशोसिएशन विथ हुवावे’ राखिएको छ ।
सो मेलाको उद्घाटनका फोटाहरु :-
‘सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे’ प्रदर्शनी स्थलको रिवन काटेर विधिवत रुपमा उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।
विश्वकै सानो मोवाइल फोनका रुपमा मेलामा प्रदर्शनीका लागि राखिएको किवी मोवाइल फोन । फोनको मूल्य रू. १ हजार ९ सय ९९ तोकिएको छ ।
सोनी ब्राण्डका उपकरण नियाल्दै अवलोकनकर्ता ।
ईन्टरनेट सेवा प्रदायक (आईएसपी) वेभसर्फरको स्टलमा सेवाका बारेमा जानकारी लिँदै अवलोकनकर्ता । मेलामा सहभागी अधिकांश आईएसपी कम्पनीहरुले उपभोक्तालाई आकर्षित गर्न सहुलियत मूल्यमा आकर्षक सेवाको प्याकेजको ब्यवस्था गरेका छन् ।
ईन्फोटेकमा प्रदर्शनीका लागि राखिएका क्यानन्का प्रिण्टरहरु । कम्पनीले रू. ८ हजार ५ सय पर्ने थ्रीईन वान (प्रिण्टर, फोटोकपी, स्क्यानर) ईङ्क जेटदेखि डिजिटल फोटो समेत धुलाउन मिल्ने प्रिण्टरहरु मेलामा प्रदर्शनीका लागि राखेको छ ।
ईन्फोटकका अवसरमा चार ब्राण्डका नयाँ उत्पादनहरु प्रदर्शन गरिएको सागर ग्रूपको स्टल । कम्पनीले मेलाको अवसरमा उपभोक्ताका लागि आकर्षक अफरको पनि व्यवस्था गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।