ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बिटक्वाइनका विभिन्न उपकरण बरामद

Oct 13, 2017  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं (अस) । बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीको गैरकानूनी कारोबारीबाट प्रहरीले विभिन्न सामान तथा उपकरण बरामद गरेको छ । पक्राउ परेकामध्ये प्रशान्त शाहले दोलखाको तामाकोशी गाउँपालिका–५, किर्नेटारस्थित भीमबहादुर श्रेष्ठको घरमा लुकाइराखेका बिटक्वाइन बनाउने उपकरण बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । बिटक्वाइन कारोबारमा संलग्न सातजनालाई एक हप्ताअगाडि प्रहरीले पक्राउ गरेको थियो । बरामद उपकरणहरू :
  • बिटमेन माइनर थान २६
  • बिटमेन पावर सप्लाई थान १५
  • टीपी लिङ्क राउटर थान १
  • नेटवर्क भिडियो रेकर्डर थान १
  • सम्बन्धित अन्य सामग्री
नेपालमा बिटक्वाइन, क्रिप्टोकरेन्सीलगायत विद्युतीय मुद्राको कारोबारलाई नेपाल सरकारले बन्देज लगाएको छ । नेपाल राष्ट्र बैङ्क ऐन २०५८ ले यस्ता कारोबारलाई बन्देज लगाएको हो । के हो बिटक्वाइन ? बिटक्वाइन एक प्रकारको विद्युतीय मुद्रा हो । यसको निर्माण र सञ्चालन विद्युतीय रूपले हुन्छ । बैङ्क नोट र सिक्काको सट्टा यसलाई इलेक्ट्रोनिक माध्यमबाट प्रयोग गर्ने गरिन्छ । यो मुद्राको उत्पादन हुने प्रक्रियालाई ‘माइनिङ’ भनिन्छ । यसको छपाइ तथा वितरण कसले गर्छ ? यो मुद्राको कुनै पनि किसिमको बैङ्क वित्तीय संस्था तथा देशबाट भौतिक रूपमा छपाइ तथा वितरण हुँदैन । यो मानिसको समुदायबीच डिजिटल प्रक्रियाबाट उत्पादित मुद्रा हो, जुन समुदायमा जो कोही आबद्ध हुन सक्छन् । बिटक्वाइन माइनिङले एउटा गणितीय समस्याको समाधान गर्ने प्रक्रिया बुझाउँछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)