ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)को शेयर किन्ने सोचमा हुनुहुन्छ भने हेर्नुहोस कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण

Jan 8, 2018  
लगानी मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
कम्पनीको २०७४/७५ आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा रू. २ करोड १८ लाख नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ११ प्रतिशतले कमी हो । कम्पनीको आम्दानी घटेकाले नाफा घटेको हो । सोही अवधिमा कम्पनीको पूँजी २० प्रतिशतले बढेर रू. ३० करोड २४ लाख पुगेको छ । रिजर्भ कोषमा रू. ६ करोड ९४ लाख राखेको छ । कम्पनीले बीमा कोषमा रू. १७ करोड ५० लाख राखेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २१ प्रतिशतले बढी हो । साथै कम्पनीको आगामी २६ गते हुने साधारणसभा हुँदैछ । वर्गिकरण : बीमा कम्पनी पछिल्लो व्यापार मूल्यः रू.११९० ५२ हप्ताको उच्च व्यापार मूल्यः रू.१७१० ५२ हप्ताको न्यून व्यापार मूल्यः रू. ३४१ १८० दिनको भारित औसत मूल्य ःरू.१३८८.०९ कम्पनीको महत्वपूर्ण अनुपात :-

व्यवस्थापन समूह :-

अध्यक्ष : विजय बहादुर श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत : शेखर बराल प्रधान कार्यलय : ट्रेड टावर, थापाथली काठमाडौं शाखा : २७ वेबसाइट : www.unitedinsurance.com.np स्टक टिकर : युआइसी

कम्पनीको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा) :-

आधारभूत विश्लेषण :- कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
  • चुक्तापूँजीको तुलनामा खुद नाफा ६ दशमलव ५६ प्रतिशतबाट घटेर ४ दशमलव ८६ प्रतिशतमा सिमित भएको छ । कम्पनीको दीर्घकालिन लगानी तथा कर्जा रू. १२ करोड ४६ लाख रहेको छ ।
  • कम्पनीले पहिलो त्रैमाससम्ममा रू. १५ करोड ३० लाख बीमा शुल्क आर्जन गरेको छ ।
  • कम्पनीको खुद चालू सम्पत्ति रू. २५ करोड ६३ लाख १९ हजार र चालू दायित्व रू. ३३ करोड ६३ लाख ८६ हजार रहेको छ ।
  • चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. २ करोड ६७ लाख ८७ हजार आम्दानी गरेको छ भने रू. १ करोड २० लाख ७० हजार खर्च गरेको छ ।
  • कम्पनीले कूल दावी भुक्तानी ४ सय ९६ जनालाई रू. ६ करोड ४० लाख ३ हजार रकम गरेको छ भने १ हजार ६ सय ३३ जनालाई रू. ५० करोड ९८ लाख १९ हजार दावी रकम भु्क्तानी गर्न बाँकी रहेको छ ।
  • कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी ४ रूपैयाँ ८७ पैसा, मूल्य आम्दानी अनुपात २ सय ६६ दशमलव ९०, प्रति शेयर कूल सम्पत्तिको मूल्य ५ सय ४४ रूपैयाँ २० पैसा र प्रतिशेयर नेटवर्थ १ सय ३७ रूपैयाँ ९० पैसा रहेको छ । हालको मूल्य नेटवर्थको गुणा छ ।
प्रावधिक विश्लेषण :-
  • खरीद चाप : कम्पनीको सोमवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप ३ गुणा बढी रहेको छ । सो अवधिसम्म ५ हजार ४ सय ८० कित्ता शेयर विक्री गर्ने माग र १ हजार ७ सय ९४ कित्ता विक्री गर्ने माग रहेको थियो ।
सोमवार भएको शेयर कारोबार विवरण :-

मैनबत्ती विश्लेषण :-  

                                            ९ अक्टोबर २०१७ ८                                                         जनवरी २०१८

स्ट्याण्डर्ड डेभिएशन :-

                                                      ९ अक्टोबर २०१७ ८                                     जनवरी २०१८ आरएसआई :-

                                                      ९ अक्टोबर २०१७ ८                                            जनवरी २०१८ मुभिङ एभरेज :-

                                                         ९ अक्टोबर २०१७ ८                    जनवरी २०१८
  • मैनबत्ती विश्लेषण : कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम ह्याम्मर आकृती बनेको छ । यस आकृती कम्पनीको शेयर मूल्य आगामी दिनमा बुलिशमा जाने सङ्केत देखाउँछ । विश्वसनियता सामान्य रहेको छ ।
  • आरएसआई : कम्पनीको ६१ दिनको कारोबारमा आरएसआई न्यूट्रल जोन (४७ दशमलव ९९ स्केल) मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ ।
  • स्ट्याण्डर्ड डेभिएसन : कम्पनीको ६१ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन १४ दशमलव ४० विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।
  • मुभिङ एभरेज : कम्पनीको ६१ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४, दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाको बिचमा छ । यदि हालको मूल्य रू. १ हजार १ सय ९० देखि बजारको अवस्था परिवर्तन भइ मूल्य महँगिएमा रू. १ हजार २ सय २५ सयमा प्रतिरोध र मूल्य सस्तिएमारू. १ हजार १ सय ५० मा टेवा पाउन सक्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)