ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

०.७२ प्रतिशत घट्यो नेप्से (१ बजेको अपडेट)

Jan 10, 2018  
लगानी मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

पुस २६ काठमाडौं । बुधवार कारोबार भएको दोस्रो घण्टाको अवधिमा नेप्से परिसूचक शून्य दशमलव ७२ प्रतिशत घटेको छ । कारोबार भएको आधा घण्टासम्म सुधारिएको नेप्से त्यसपछि ओरालो लागेको हो । यस समयमा कारोबार भएका १ सय २७ कम्पनीको १ हजार ४ सय २१ पटकको व्यापारमा रू. ११ करोड ६० लाख बराबरको शेयर कारोबार भएको छ । एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड १ को प्रतिकित्ता रू. १३ दशमलव १० मा रू. १ करोड ११ लाख बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका १० समूहको परिसूचकमा ‘अन्य’ समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घटेको हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)