अभियान संवाददाता
पुस २७, दाङ । अदुवा खेतीमा परिचित सल्यान जिल्ला पछिल्लो समयमा सुन्तला खेतीमा पनि परिचित भएको छ । सल्यानमा यसवर्ष करीब रू. ३३ करोडको सुन्तला उत्पादन भएको छ ।
सुन्तला सुदृढीकरण अभियान, बगैँचा व्यवस्थापन, सुन्तलाको बो ट तथा क्षे त्रफल वृद्धि, अनुकूल वातावरण मिले पछि गतवर्षको भन्दा यसवर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय सल्यानले बताएको छ ।
कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा रू. ३३ करो ड ४ लाख ४० हजार बराबरको सुन्तला उत्पादन भएको छ । १ हजार २० हे क्टर क्षे त्रफलमा लगाइएको सुन्तलाको बो टबाट ७ हजार तीन सय ४४ मे ट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयले जानकारी दिएको छ ।
गतवर्ष जिल्लामा रू. २९ करो ड ८१ लाख ३२ हजार बराबरको सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माले बताए । जिल्लामा उत्पादन भएको करीब ७५ प्रतिशत सुन्तला जिल्ला बाहिर निकासी हुँदै आएको छ ।