ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इण्टरनेशनल सिमेण्ट्सको उत्पादन क्षमता दोब्बर, अभिनेता हमाल ब्राण्ड एम्बेस्डर

Jan 16, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
माघ २, वीरगञ्ज । इण्टरनेशनल सिमेण्ट्स प्रालिले आफ्नो उत्पादन क्षमतालाई बढाएर दोब्बर पुर्‍याएको छ । ४ वर्षअघि वीरगञ्जमा स्थापना भएर उत्पादन थालेको यो उद्योगले छोटै समयान्तरमा उत्पादन क्षमता वृद्धि गरेको हो । उत्पादन अभिवृद्धि र आक्रामक बजारीकरणको अभिप्रायले उत्पादन क्षमता दैनिक ५ सय मेट्रिकटनबाट एक हजार मेट्रिकटनमा पुर्‍याइएको उद्योगका सञ्चालक सन्दीप अग्रवालले बताए । ‘२०७० सालमा प्रतिदिन ५ सय मेट्रिकटन उत्पादन क्षमतामा उद्योग स्थापना भएको थियो । एक महीनाअघि सोही क्षमताको अर्को युनिट थपिएको छ,’ सञ्चालक अग्रवालले भने ‘अब उद्योगको उत्पादन क्षमता पहिलाको तुलनामा दोब्बर पुगेको छ ।’ ओपीसी र पीपीसी उत्पादन गर्दै आएको यो उद्योगले अहिले ओम, ज्योति, रुद्राक्ष र आयुष्मान ब्राण्डमा आफ्नो उत्पादनलाई बजारमा पुर्‍याइएको बताएको छ । सबै उत्पादनले नेपाल गुणस्तरको प्रमाणपत्र पाइसकेको अग्रवालले जानकारी दिए । उत्पादनको तीव्र बजारीकरणको उद्देश्यमा अघि बढेको उद्योगले अभिनेता राजेश हमाललाई ब्राण्ड एम्बेस्डर बनाएको छ । हालै कम्पनी र हमालबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको अग्रवालले बताए । उद्योगका उत्पादनको बजार प्रवद्र्धनमा अभिनेता हमाल सहभागी हुने कम्पनीले बतायो । सञ्चालक अग्रवालले आफूहरूले उपभोक्तालाई उचित मूल्यमा गुणस्तरीय सिमेण्ट उपलब्ध गराउने उद्देश्य राखेको स्पष्ट पारे । ‘हामीले उत्पादनको गुणस्तरमा विशेष ध्यान पुर्‍याएका छौं । उपभोक्ताको सन्तुष्टि र विश्वास नै हाम्रो सफलता हो,’ उनले दाबी गरे । उद्योग व्यवस्थापनले निकट भविष्यमा उद्योगको थप क्षमता विस्तार र क्लिङ्कर प्लाण्ट स्थापनाको योजना राखेको छ । सिमेण्ट उत्पादनमा पूर्ण आत्मनिर्भरताले मात्र बारा/पर्साका सिमेण्ट उद्योगले अहिले कच्चा पदार्थको आपूर्तिमा भोगिरहेको नमूना असहजताको दीर्घकालीन निकास सम्भव हुने बुझाइ उद्योग सञ्चालकको छ । यही उद्देश्यका लागि उद्योगले आफ्नै क्लिङ्कर प्लाण्ट ल्याउने योजना बनाएको सञ्चालक अग्रवालले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)