ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

तामा र फलाम खानी पुरिन थाले

Jan 17, 2018  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
म्याग्दी । म्याग्दीमा रहेका तामा र फलाम खानी उपभोग र संरक्षणको अभावमा पुरिन थालेका छन् । लुलाङ र रुमको ढुङ्गा खानीबाहेक अन्नपूर्ण र मालिका गाउँपालिकाका ताकम, गुर्जा, कुइने, ओखरबोटलगायतका ठाउँमा रहेका खानी पुरिन थालेका हुन् । खानीबाट धातु निकालिने ठाउँ पुरिएका छन् । छन्त्याल जातिले पहाडभित्र सुरुङ खनेर धातु निकाल्ने गर्दथे । खानी उत्खनन गर्ने यन्त्र उपकरणको अभाव र सरकारलाई आम्दानीभन्दा बढी कर तिर्नुपर्ने अवस्था आएपछि ३ दशकमा म्याग्दीका खानी बन्द भएको नेपाल छन्त्याल सङ्घ, म्याग्दीका भूतपूर्व अध्यक्ष मकुन्द छन्त्यालले जानकारी दिए । जङ्गलको बीचमा पहाडभित्र रहेका खानीहरूमा बाहिरबाट ढुङ्गा, हिलो र भल गएर पुरिन लागेकामा छन्त्याल समुदाय चिन्तित भएका छन् । खानी खनेर जीविकोपार्जन गर्दै आएका म्याग्दी जिल्लाको विभिन्न ठाउँमा बसोवास गर्ने छन्त्याल समुदाय परम्परागत पेशाबाट विस्थापित भएका छन् । गुर्जा, ताकम, कुइनेमङ्गल, मल्कबाङ र भकिम्लीमा बसोवास गर्ने छन्त्याल समुदाय खानी उत्खनन गर्ने परम्परागत पेशाबाट पूर्णरूपमा विस्थापित भएका छन् । गतवर्षको जिल्ला परिषद्ले खानीको संरक्षण र उपभोग गर्न पहल गर्ने निर्णय गरे पनि यस विषयमा कुनै पहल हुन सकेको छैन । स्थानीयको लगानीमा धातु उत्खनन गर्दा आयातितसँग प्रतिस्पर्धा गर्न नसक्ने भएकाले सरकारले अनुदान दिएर खानी सञ्चालन गर्न सके जिल्लाको अर्थतन्त्रमा सहयोग पुग्ने छन्त्याल समुदायका अगुवाहरू बताउँछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)