ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चतुरेमा कालोपत्रे सडकको तयारी

Jan 17, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
इलाम । हालसम्म कालोपत्रे सडकले नछोएको र दुर्गम मानिएको पश्चिमी इलामको गजुरमुखी इभाङ चतुरे सडक कालोपत्र गर्ने तयारी शुरू भएको छ । डोलिडारमार्फत रू. ३८ करोड लगानीमा उक्त सडकको कालोपत्रको गृहकार्य शुरू भएको जिल्ला प्राविधिक कार्यालय इलामका प्रमुख जिल्ला इञ्जिनीयर ओमराज ढुङ्गानाले बताए । पश्चिमी इलामको माङसेबुङ गाउँपालिकाको केन्द्र तोकिएको चतुरेदेखि साविक इभाङ गाविससम्मको १३ किलोमिटर मोटरबाटो कालोपत्र गरिने भएको छ । यसअघि ट्रिपल आरमार्फत स्तरोन्नति भएका सडक पार भएपछि कालोपत्र शुरू हुने पनि ढुङ्गानाले जानकारी दिए । गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोका अनुसार मङ्गलवार इभाङमा बसेको सर्वपक्षीय बैठकले उक्त बाटो कालोपत्र गर्नका लागि निर्णय गरिसकेको छ । ग्रामीण सडक सञ्जाल सुधार परियोजना (आरसीआईपी)को सहयोगमा बाटो बनाइने भएको उनले जानकारी दिए । मेची राजमार्गको नेपालटारबाट मङ्गलवारे, गजुरमुखी, इभाङ, चतुरे, आदिपुर, बेलडाँगी हुँदै दमक पुग्ने सडकअन्तर्गतको इभाङ–चतुरे खण्ड १३ किमी कालोपत्र गरिने भएपछि उक्त क्षेत्रका बासिन्दा उत्साहित देखिएका छन् । गाउँपालिका प्रमुख इदिङ्गोले सडक सञ्जाल विकासको महŒवपूर्ण पाटो भएकाले यसलाई प्रमुखताका साथ अगाडि बढाइएको हो । सडकका लागि आवश्यक पर्ने जग्गाको स्वामित्व नेपाल सरकारको नाममा हस्तान्तरण गर्न हालै गाउँपालिकामा सर्वदलीय बैठक बसेको छ । बैठकमा जिल्ला प्राविधिक कार्यालयका प्रमुख ओमराज ढुङ्गाना, मङ्गलवारे मालपोत कार्यालय प्रमुख तारानाथ दङ्गाल, वडाध्यक्ष मैतराज राई समेतको सहभागी थिए । उक्त सडक कालोपत्र गर्न छिटै ठेक्का खुलाइने ढुङ्गानाले जानकारी दिए । इलामको सदरमुकामबाट सबैभन्दा टाढा र दुर्गममा पर्ने माङसेबुङ गाउँपालिकामा लारुम्बा, माङमालुङ जस्ता धार्मिक पर्यटकीय स्थलहरू भएर पनि सडक पहुँच नभएर ओझेलमा परेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)