ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

लक्ष्यभन्दा ३६ करोड बढी राजश्व सङ्कलन

Jan 17, 2018  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
माघ ३, बाँके । नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा ३६ करोड रुपैयाँ बढी राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०७४/०७५ को ६ महीनाको अवधिमा ४ अर्ब २१ करोड ४७ लाख ७४ हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले जानकारी दिए । चालु आर्थिक वर्षको ६ महीनामा ३ अर्ब ८५ करोड ३१ लाख ६६ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य कार्यालयले लिएको थियो । कार्यालयले चालु आर्थिक वर्षका लागि ८ अर्ब ३७ करोड ६४ लाख ५२ हजार रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य पाएको छ । कार्यालयका सूचना अधिकारीसमेत रहेका भन्सार अधिकृत सुवास श्रेष्ठका अनुसार नेपालगञ्ज भन्सार हुँदै भारतबाट पेट्रोलियम पदार्थ, खाद्यान्नलगायत धेरै भन्सार महसुल सङ्कलन हुने सामग्री भित्रिने गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)