ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर व्यावहारिक नभएको गुनासो

Jan 18, 2018  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
फिदिम । फिदिमका नगरवासीहरूले नगरपालिकाले निर्धारण गरेको कर व्यावहारिक नभएको गुनासो गरेका छन् । फिदिम नपाका २ सयभन्दा बढी उपभोक्ताले बुधवार संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै नगरपालिकाले निर्धारण गरेको करको दररेट वैज्ञानिक र व्यावहारिक नभएको बताएका हुन् । स्थानीय तह निर्वाचनमा मेयर पदका उम्मेदवारसमेत बनेका फिदिम–११ का राधाकृष्ण नेउपाने नेतृत्वको टोलीले पत्रकार सम्मेलन गर्दै नपाले निर्धारण गरेको करले उपभोक्तालाई मार परेकाले पुनरवलोकन गर्न माग गरेका छन् । नपाले तोकेको घरधुरी कर, सुर्तीजन्य वस्तु र मदिरामा लगाएको करसँगै विभिन्न शीर्षकका कर अवैज्ञानिक भएको उनीहरूको दाबी छ । सो कर पुनरवलोकन नभए बाध्य भएर आन्दोलनमा उत्रिने उनीहरूले बताएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)