ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धनगढीमा ५ महीनामा झण्डै ४० करोडको तरकारी

Jan 18, 2018  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
धनगढी । त्रिनगर भन्सार कार्यालय धनगढीबाट करौडौं रूपैयाँको तरकारी आयात हुने गरेको छ । भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको ५ महीनामा यो नाकाबाट मात्रै झण्डै ४० करोडको तरकारी आयात भएको पाइएको हो । कैलालीमा व्यावसायिक रूपमा तरकारी उत्पादन हुन नसक्दा महीनामा लाखौ रुपैयाँको तरकारी आयात गर्नुपरेको कृषक अगुवाहरू बताउँछन् । भारतबाट कैलाली भन्सार नाका हुँदै तरकारी आयात हुने क्रम बढ्दो रहेको भन्सार अधिकृत नारायणदत्त जोशीले बताए । विशेष गरी यस क्षेत्रमा व्यावसायिक तरकारी खेतीमा कसैको ध्यान नजानाले नै यसरी भारतमा निर्भर हुनुपरेको कैलाली उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष दिनेशराज भण्डारीले बताए । मौसमी तथा बेमौसमी तरकारी उत्पादनका लागि कैलाली कञ्चनपुर उर्बर भूमि भए पनि युवाशक्ति विदेश पलायन भएकाले विदेशी तरकारी उपभोग गर्नुपरेको उनको भनाइ छ । सरकारले उपलब्ध गराउने अनुदान वास्तविकभन्दा पहुँचवालाहरूले पाउने अवस्थाका कारण कृषिमा युवाको आकर्षण बढ्न नसकेको ग्रामीण कृषकहरूको गुनासो छ । तरकारीमा प्रदेश नम्बर ७ आत्मनिर्भर नहुँदा ठूलो परिमाणमा भारतीय तरकारी आयात भइरहेको हो । आयात हुने तरकारीमा सबैभन्दा बढी आलु र प्याज तथा हरियो तरकारी र खुर्सानी रहेको कार्यालयको तथ्याङ्क छ । सरकारले यस क्षेत्रमा यस्ता तरकारीहरूको पकेट क्षेत्र घोषणा गरी युवाहरूलाई व्यावसायिक कृषि उत्पादनमा अभिप्रेरित गर्न सके आत्मनिर्भर हुन समय नलाग्ने युवा कृषक विनोद खड्का बताउँछन् । कैलाली भन्सार कार्यालयबाट आव २०७३–०७४ को पहिलो ५ महीनामा २५ करोडको तरकारी आयात भए पनि चालू आवकोे पहिलो ५ महीनामा झण्डै ३३ करोडको त आलु मात्रै आयात भएको छ । जुन अघिल्लो आवको सोही अवधिको भन्दा १४ करोडले बढी हो । त्यसपछि सबैभन्दा बढी साढे ५ करोडको प्याज आयात भएको छ । तर टमाटर लौका र हरियो तरकारीलगायत मिक्स तरकारीको आयात भने केही कम भएको छ । सरकारले स्थानीय उत्पादनलाई बढावा दिएर बाह्य आयात प्रतिस्थापन गर्ने भनिरहेको बेला धनगढीमा भने तरकारीका लागि मासिक करौडौं रकम विदेशिइरहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)