ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

धनकुटाको कृषिक्षेत्रमा ५ अर्ब खर्च गरिँदै

Jan 18, 2018  
विविध
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
धनकुटा । जिल्ला कृषि विकास कार्यालयले चालू आर्थिक वर्ष २०७४/७५ मा धनकुटाको कृषिक्षेत्रमा ५ करोड ३५ लाख ६५ हजार खर्च गर्ने भएको छ । कृषि विकास मन्त्रालयले जिल्लाका ७ स्थानीय तहमा रहेका ३ नगरपालिका र ४ गाउँपालिकामार्फत उक्त रकम खर्चको अख्तियारी दिएको हो । कृषि कार्यालयले दिएको तथ्याङ्कअनुसार धनकुटा नगरपालिकामा १० करोड ४७ लाख, पाख्रिबास नगरपालिकामा ६६ लाख ८९ हजार, महालक्ष्मी नगरपालिकामा ८० लाख ९९ हजार खर्च गरिनेछ । त्यस्तै शहीदभूमि गाउँपालिकामा ७१ लाख ८९ हजार, चौबीसे गाउँपालिकामा ९६ लाख ३ हजार, छथर गाउँपालिकामा ४८ लाख ७७ हजार र साँगुरी गाउँपालिका ६६ लाख ३१ हजार खर्च गरिनेछ । उक्त बजेट एक गाउँ एक प्राविधिक कार्यक्रमअन्तर्गत ३८ लाख ४० हजार, सहकारी खेती र साना सिँचाइ कार्यक्रममा ३२ लाख ३ हजार र बाली विकास कार्यक्रममा २० लाख ८३ लाख खर्च गरिनेछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत २ करोड ४९ लाख, आलु, तरकारी, मसला विकास कार्यक्रममा २२ लाख ५६ हजार र माटो व्यवस्थापन कार्यक्रमका लागि ६५ लाख ८ हजार खर्च गरिनेछ । उक्त सम्पूर्ण बजेट स्थानीय निकायबाट निकासी हुने भए पनि प्राविधिक सेवासुविधा भने कृषि कार्यालबाट सेवा दिइने कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद बिडारीले जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)