ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

शेयरबजारबाट लगानीकर्ताले ३९ अर्व गुमाए

Jan 20, 2018  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
माघ ६, काठमाडौं । गत साता लगानीकर्ताहरुले शेयर बजारबाट रू.३८ अर्ब ८९ करोड गुमाएका छन् । जम्मा तीन दिन भएको कारोबारमा कुल बजार पूँजीकरण अघिल्लो साताका तुलनामा गत साता २ दशमलव ३१ प्रतिशत घटेको हो । कारोबार रकम भने करीब ३ करोड बढेको थियो । साताको परिसूचक हेर्दा आगामी दिनमा बजार बढेमा पहिलो प्रतिरोधात्मक विन्दु १ हजार ४ सय ३३ रहेको छ भने दोश्रो विन्दु १ हजार ४ सय ५९ रहेको छ । त्यस्तै, बजार घटेमा पहिलो टेवा विन्दु १ हजार ३ सय ९० र दोस्रो टेवा १ हजार ३ सय ७३ मा पाउने देखिन्छ । साताको मैनबत्ति चित्र हेर्दा अन्तिम दिनको लामो पुच्छर भएको कालो मैनबत्ती बनाएको छ । सो साताको अन्तिम दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ३५ दशमलव ६८ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । गत साता नेप्से परिसूचक ३३ दशमलव ७७ अङ्क घटेको थियो । अघिल्लो साताको अन्तिम दिन १ हजार ४ सय ४० दशमलव २९ विन्दुमा बन्द भएको नेप्से परिसूचक गत साताको अन्तिम व्यापार दिन घटेर १ हजार ४ सय ६ दशमलव ५२ विन्दुमा पुगेको हो । तर, गत साताको पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन भने नेप्से परिसूचक २४ दशमलव ५८ अङ्कले घटेको हो । सातामा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पहिलो दिनको तुलनामा अन्तिम दिन ५ दशमलव ३४ अङ्कले घटेर २ सय ९६ दशमलव ८६ अङ्क पुगेको छ । त्यसैगरी, फ्लोट इण्डेक्स पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन १ दशमलव ७२ अङ्कले बढेर १ सय १ दशमलव १४ अङ्कमा पुगेको हो । गत साता कारोबारमा आएका सबै समूहहरुको परिसूचक घटेको थियो । बैङ्किङ समूहको परिसूचक १९ दशमलव ४७ अङ्क, विकास बैङ्कको २३ दशमलव १८ अङ्क, वित्त कम्पनीको ६ दशमलव ८६ अङ्क, लघुवित्तको १३ दशमलव ६९ अङ्क र होटलको १३ दशमलव शून्य ८ अङ्क घटेको छ । साथै, जलविद्युत समूहको परिसूचक १ सय १५ दशमलव २५ अङ्क, बीमाको ८९ दशमलव ४ अङ्क, उत्पादन तथा प्रशोधनको ५ दशमलव ७५ अङ्क घटेको छ । व्यापार समूहको परिसूचक २ दशमलव ८७ अङ्क र ‘अन्य’ समूहको १९ दशमलव ९ अङ्क घटेको हो । गत साता १२ हजार ७ सय २८ कारोबारबाट १ सय ७० कम्पनीहरुको २४ लाख ६१ हजार ६ सय कित्ता शेयरहरु खरीद बिक्री भए । जसबाट रू.१ अर्ब ९ करोड ५४ लाख ८५ हजार बराबरको रकम परिचालित भयो । यो रकम अघिल्लो साताको तुलनामा ३५ दशमलव ९८ प्रतिशत कम हो । अघिल्लो साता १ सय ७४ कम्पनीहरुको १७ हजार ३ सय ९३ कारोबारबाट ४१ लाख ५ हजार २ सय १० कित्ता शेयर खरीद विक्री भएको थियो । जसवाट रू.१ अर्ब ७१ करोड १२ लाख ८४ हजार बराबरको कारोबार भएको थियो । सो साता कारोबार रकम, कारोबार भएको शेयर सङ्ख्या र कारोबार सङ्ख्याको आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रहेको छ । यस कम्पनीले गत साता रू.१९ करोड ८ लाख १० हजार बराबरको शेयर कारोबार गरेको थियो । त्यस्तै, यस कम्पनीको कारोबार सङ्ख्याको आधारमा १ हजार १ सय ८४ ओटा कारोबार भएको थियो । कारोबार भएको शेयर सङ्ख्याको आधारमा यस कम्पनीले ४ लाख ४७ हजार कित्ता शेयर किनबेच गरेको थियो । गत साताको समूहगत परिसूचक :
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)