ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रानीपोखरी पुनर्निर्माण प्रतिवेदन : ‘अध्ययनपछि मात्रै रानीपोखरी निर्माण शुरू हुन्छ’

Jan 22, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको काम थालनी गर्न अझै समय लाग्ने भएको छ । पुरानै शैलीमा रानीपोखरीको संरचना निर्माण नगरेको भन्दै चौतर्फी विवादका बीच स्थगित गरिएको पुनर्निर्माणको काम अब रानीपोखरीको पुनर्निर्माणका लागि गठित विज्ञ समूहले बुझाएको प्रतिवेदनपछि मात्र निर्माण गरिने भएको छ । पुरातŒव विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा गठित समितिले आइतवार रानीपोखरी निर्माणको सुझावसहित प्रतिवेदन बुझाएको छ । कार्कीले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन ग्रहण गर्दै मेयर शाक्यले हाल स्थगित रहेको पोखरीको पुनर्निर्माणको काम प्रतिवेदन अध्ययनपछि पुरातत्त्व विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत सरोकारवाला निकायहरूको छलफलपछि शुरू गरिने जानकारी दिए । समितिले रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गर्न सुझाव दिएको छ । समितिले प्रतिवेदन पेश गर्दै पोखरीको पानीको स्थायित्वका लागि हाइड्रोलोजिष्टको सेवा उपलब्ध गराउनुपर्ने सुझाव दिएको छ । पोखरीको निर्माणमा कङ्क्रिटलगायतका आधुनिक सामग्रीको प्रयोग गरी मौलिकता नष्ट गर्न खोजिएको भन्दै निर्माण रोक्न स्थानीयले दबाब दिएका थिए । त्यसपछि गत पुसमा निर्माणाधीन रानीपोखरीको पुनर्निर्माणको काम रोकी महानगरपालिकाले समितिलाई प्रतिवेदन बनाउन सुझाव दिएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)