ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निशानको टेरानो पोखरामा

Jan 25, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

पोखरा । निशानको बहुप्रतिक्षित एसयूभी गाडी टेरानो पोखरामा सार्वजनिक गरिएको छ । मङ्गलवार एक कार्यक्रमबीच पोखरामा उक्त गाडीको विक्री शुरू गरिएको हो । सिभिको ग्रूपअन्तर्गत गण्डकी धवलागिरि क्षेत्रका लागि निशान ब्राण्डका गाडीको आधिकारिक विक्रेता प्रिमियम मोटर्सले उक्त गाडी पोखरा भित्र्याएको हो । विश्वका २ सय ८० अवार्ड जित्न सफल पहिलो गाडी कम्प्याक्ट एसयूभी न्यू टेरानोलाई सिभिको ग्रूपका अध्यक्ष सुन्दरविजय कोइराला र निर्देशक लक्ष्मण पोखरेलले सार्वजनिक गरेका हुन् । नेपालका लागि यसको आधिकारिक विक्रेता पायोनियर मोटोकर्प हो । सुरक्षित, प्रिमियम ह्याचब्याककै मूल्यमा लक्जरी र सेफ्टी फिचर भएको एसयूभी न्यू टेरानो युवापुस्तालाई लक्षित गरी ल्याइएको सिभिको ग्रूपका प्रबन्ध निर्देशक सिरोजविजय कोइरालाले बताए । ‘ग्राहकलाई स्मार्ट र बोल्डको अनुभूति गराउने विश्वास हामीले लिएका छौं,’ उनले भने । निशानको टेरानो प्रतिस्पर्धी मूल्य ४२ लाख ९९ हजार रुपैयाँदेखि ५३ लाख ९९ हजार रुपैयाँसम्ममा उपलब्ध छ । कम्पनीका प्रशासकीय प्रमुख दिनेश आचार्यले नेपाललगायत सार्क देशलाई लक्षित गरी ल्याइएको न्यू निशान टेरानोले यस क्षेत्रमा पनि आफ्नो वर्चस्व कायम गर्ने दाबी गरे । न्यू टेरानोमा प्रिमियम डुअल टोन इण्टेरियर, लेदर सिट, कुज कण्ट्रोल, ७.० इञ्च टच स्क्रीन नेभिगेशन, न्यू स्टिरिङ, माउण्टेन/अडियो/फोन कण्ट्रोल र वान टच लेन इण्डिकेटरलगायत २२ नयाँ आकर्षक विशेषता छन् । शक्तिशाली इञ्जिन ११० पीएस (डिजेल टीएचपी) र १.६ लिटर (१०४ पीएस) पेट्रोलमा उपलब्ध छ । सुरक्षाका लागि डुअल फ्रण्ट एयरब्याग, हिल एस्र्टाट एसिष्ट एबीएस, ईबीडी, बीए र ईएस पिकोलगायत रहेको छ । न्यू टेरानोमा ६ स्पिड अत्याधुनिक अटो ड्राइभ मोड पनि उपलब्ध छ । यसमा गियर सिष्टम कम्प्युटरद्वारा नियन्त्रण गरिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)