ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नगर क्षेत्रबाट खरका छाना हटाइँदै

Jan 29, 2018  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका खरका छाना हटाउने भएको छ । कार्यालयले सबै वडामा खरको छानाका घरमा कर्कटपाता हाल्ने भएको छ । यसका लागि उपमहानगरको कार्यपालिका बैठकले कर्कटपाता खरीदका लागि टेण्डर आह्वान गर्ने निर्णय गरिसकेको प्रवक्ता श्याम डाँगीले बताए । ‘गरीबीका कारण अझै पनि नगर क्षेत्रभित्र खरका छाना भएका घरहरू छन्,’ उनले भने, ‘ती घरहरूमा कर्कटपाता हालेर सधैंका लागि नगरलाई खरका छानामुक्त बनाउने अभियान हो अर्थात् यसलाई शहर सुधार कार्यक्रम भन्दा फरक पर्दैन ।’ कार्यपालिकाको बैठकबाट निर्णय भएकाले अब यो अभियान कार्यान्वयन गर्न खासै समय नलाग्ने पनि कार्यालयले बताएको छ । कर्कटपाता खरीद सकिनेबित्तिकै अन्य काम तीव्रगतिमा अघि बढ्ने डाँगीले जानकारी दिए । यसैगरी, कार्यालयले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रसरह सेवा दिने गरी ग्रामीण क्षेत्र अश्वारामा केन्द्र स्थापना गर्ने निर्णय गरेको डाँगीले बताए । त्यस्तै उपमहानगरले स्थानीय विकास निर्माणका सहजताका लागि खरीद गरेको जेसीबी तथा ट्याक्टरलगायतका उपकरणको भाडादर निर्धारणका लागि पनि समिति निर्माण गरेको छ । कार्यपालिकाको बैठकले प्रवक्ता डाँगी र वडाध्यक्ष कुमार लामिछाने रहेको २ सदस्यीय कार्यसमितिको निर्माण गरेको छ । उपमहानगरलाई सफा र हरियाली नगर बनाउन फोहोर तान्ने मेशिन खरीद गर्ने निर्णय गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)