ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

प्रहरीले व्यापारी कुटेपछि नाराबाजी

Feb 1, 2018  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
जनकपुरधाम । नेपाल प्रहरीले व्यापारीलाई कुटपिट गरेपछि जनकपुरमा व्यवसायी आन्दोलित भएका छन् । बुधवार आक्रोशित व्यापारीहरूले प्रहरीविरुद्ध नाराबाजी गर्दै बजार बन्द तथा चक्काजाम गराएका छन् । फूटपाथ व्यवसाय, अनावश्यक पोष्टर, पम्प्लेट, ब्यानर र होर्डिङ बोर्ड हटाउँदै हिँडेका नेपाल प्रहरी तथा ट्राफिक प्रहरीले जनकपुरको मुरलीचौकमा कपडा व्यापारीलाई कुटपिट गरेका थिए । चौकको पूर्वतर्फ रहेको राधारानी रेडिमेड कपडा पसलका सञ्चालक नीतेश सिंहलाई कारणविनै प्रहरीले कुटपिट गरेको भन्दै व्यापारीहरू बन्दहडतालमा उत्रेका हुन् । जनकपुर उपमहानगरपालिकाले निर्धारण गरेको सडकको मापदण्डभन्दा ७ फिटभित्र रहेको पसलको लत्ताकपडा प्रहरीले जफत गरेर लैजान खोज्दा सञ्चालक सिंहले विरोध गरेका थिए । त्यसपछि प्रहरीले सिंहलाई कुटपिट गर्दै पक्राउ गरेपछि चक्काजाम गरेको प्रत्यक्षदर्शी स्थानीय श्रीकान्त झाले बताए । व्यापारीको चक्काजाम तथा बन्दलगत्तै प्रहरी निरीक्षक शशि ठाकुरको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटनास्थल पुगेका थिए । यद्यपि, प्रहरी निरीक्षक यस घटना सम्बन्धमा बोल्न मानेनन् । जनकपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीले घटनास्थल पुगेर दोषीलाई २४ घण्टाभित्र कारबाही गर्नुपर्ने माग गरेका छन् । सङ्घ र प्रहरीबीच पीडितको उजुरीको आधारमा घटनामा संलग्न प्रहरीलाई कारबाही अगाडि बढाउने सहमति भएपछि बन्द फिर्ता लिएको सङ्घका महासचिव जीतेन्द्र महासेठले जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)