ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

‘प्राधिकरणलाई ४८ अर्ब आवश्यक’

Feb 4, 2018  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले सरकारले हालै गरेको थप अनुदानको व्यवस्था नयाँ बजेट आएपछि कार्यान्वयन हुने बताएका छन् । भूकम्पपीडितलाई थप अनुदान दिने सरकारको निर्णय नयाँ सरकार र नयाँ बजेट नआएसम्म दिन नसकिने उनले बताएका हुन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले प्राधिकरणमा यसका विषयमा कुनै जानकारी नआएको बताए । कार्यक्रममा उनले प्राधिकरणलाई अझै रू. १३ अर्ब आवश्यक पर्नसक्ने बताए । उनले भने, ‘प्राविधिकहरू सदरमुकाममा बस्न रुचाउँछन्, किनकि सुगम हुन्छ, यसले गर्दा पनि गाउँगाउँमा केही समस्या परेको छ । प्राविधिकहरूको अभाव छ, तर यसलाई पनि हल गर्ने गरी हामीले सबै प्राविधिकहरूलाई स्थानीय तहसम्मै पु¥याउने गरी बजेट विनियोजन गरेका छौं ।’ उनले निजी आवास निर्माणका लागि ढुङ्गा, बालुवा, गिट्टीको कुनै अभाव नभएको बताए । उनले भने, ‘प्राधिकरणसँग अहिले ५३ अर्ब रकम रहेकोले अझै रू. ४८ अर्ब अपुग छ । यसका लागि हामीले अर्थ मन्त्रालयलाई जानकारी गराएका छौं ।’ कार्यक्रममा भुसालले धरहरा निर्माणको विषयमा डिजाइन इष्टिमेट भइरहेकोले अब केही दिनभित्रै फाइनल गरिने बताए । ‘धरहरा निर्माणका लागि फाइनल डिजाइन गर्छौं, यसको आउटर लुक पुरानै हुन्छ, भित्र लिफ्ट हुन्छ, अण्डरग्राउण्ड पार्किङ पनि हुन्छ,’ उनले भने, ‘काष्ठमण्डप पनि यही आर्थिक वर्षभित्रै शुरुआत गरिनेछ ।’ प्राधिकरणको निर्देशक समितिको बैठक यही माघ २६ गते बस्ने र बैठकले दोस्रो किस्ता लिनेबारे पुस मसान्त सकिएको म्याद थप्ने वा नथप्नेबारे निर्णय हुने उनले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)