ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

९० किमी सडक कालोपत्र

Feb 5, 2018  
विविध
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाभित्र ९० किलोमिटर सडक कालोपत्र हुने भएको छ । कालोपत्रका लागि रू. ३ अर्ब ७१ करोड खर्च गरिँदै छ । सडक, ढल, नालाको विकासका लागि एशियाली विकास बैङ्कबाट क्षेत्रीय शहरी विकास आयोजनामार्फत दोस्रो चरणमा काम हुन लागेको उपमहानगरका प्रमुख डा. धवलशमशेर राणाले जानकारी दिए । ‘दोस्रो चरणमा सडक कालोपत्र र ढल निर्माणको काम हुने तयारी छ,’ उनले भने । ढल तथा नाली निकासको उचित व्यवस्थापनका लागि यसपटक ४० किलोमिटर ढल नाला निर्माण गरिने उपप्रमुख उमा थापा मगरले बताइन् । उनका अनुसार सदरलाइन क्षेत्रमा सडक विस्तारका लागि केही दिनमै अन्तिम सूचना जारी गरिनेछ । बसपार्क निर्माण जारी रहेको, न्यूरोडमा विशाल बजारका लागि डीपीआर बन्दै गरेको, गौशाला र सिटी हल निर्माणका लागि वडा नम्बर १४ मा जग्गा छनोट गरिएको र वैकल्पिक रङ्गशाला निर्माणका लागि नेपालगञ्ज–२३, हिरमिनियामा जग्गा खोजिएको उपमहानगरले जानकारी दिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)