ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सार्वजनिक निष्कासन ७ प्रतिशतले बढ्यो

Feb 5, 2018  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
माघ २२, काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा धितोपत्रको सार्वजनिक निष्कासन करीव ७ प्रतिशतले बढेको छ । नेपाल धितोपत्र बोर्डले प्रकाशन गरेको अर्धवार्षिक विवरणले सो वृद्धि देखाएको हो । सार्वजनिक शेयर निष्कासनका लागि दिइएको अनुमतिमा वृद्धि भएसँगै पूँजीबजारबाट परिचालन हुने रकम पनि ३० दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । यसले पछिल्लो पटक धितोपत्र बजारमा प्रारम्भिक सार्वजनिक निष्कासन ( आईपिओ) तथा थप सार्वजनिक निष्कासन (एफपिओ) जारी गर्ने संस्थाको सङ्ख्या बढेको देखिन्छ । चालू आर्थिक वर्षको ६ महीनामा बोर्डले कुल ४६ ओटा संस्थालाई रू.२७ अर्व ७६ करोड रकम बरावरको सार्वजनिक निष्कासन गर्न अनुमति दिएको छ । यस अनुसार ९ ओटा कम्पनीको रू.२ अर्ब ८६ करोड रकम बरावरको आईपीओ, ३ ओटा कम्पनीको रू. २ अर्व ६७ करोड रकम बरावरको एफपीओ जारी गर्न बोर्डले अनुमति दिएको छ । साथै ४ ओटा सामूहिक लगानी कोषलाई रू.४ अर्व ७० करोड तथा ३० ओटा कम्पनीलाई रू.१७ अर्व ५३ करोड बरावरको हकप्रद शेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ । यसैगरी, सो अवधिमा बोर्डले ३० ओटा संगठित संस्थालाई रू.७ अर्व ८२ करोड बरावरको बोनस शेयर वितरण गर्न अनुमति दिएको छ । जबकी गत आवको सोही अवधिमा ५२ ओटा संस्थाले रू.१० अर्ब ८९ करोड बरावरको बोनस शेयर वितरण गरेका थिए । यो अवधिमा १५ ओटा संस्थाले आईपीओ निष्कासनको लागि आवेदन दिएकोमा ५ को विवरणपत्र तथा अन्य कागजातहरुमा अध्ययनको क्रममा रहेको बोर्डले जानकारी दिएको छ । साथै १० ओटा कम्पनीहरुको विवरणपत्रमा आवश्यक सुधार एवम् संशोधनका लागि लेखी पठाएकोमा सम्बन्धित संस्थाबाट प्राप्त हुन बाँकी रहेको बताईएको छ । त्यसै गरी १७ कम्पनीले हकप्रद शेयर निष्कासनको लागि अनुमतिका लागि आवेदन गरेकोमा ३ ओटा संस्थालाई हकप्रद निष्कासन अनुमति प्रदान गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)