ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

विकास र समृद्धिमा जोड

Feb 6, 2018  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
कास्की । प्रदेश नम्बर ४ लाई सहमति र सहकार्यबाट आर्थिकरूपमा समृद्ध बनाउने सांसदहरूले बताएका छन् । बैठकमा बोल्ने अधिकांश सांसदले प्रदेशको पर्यटन, कृषि, जलस्रोत, जडीबुटीलगायत प्राकृतिक स्रोतसाधनको उपयोग गरी समृद्धिको बाटोमा डो¥याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । समृद्धिबाटै आर्थिक अभाव, गरीबी र बेरोजगारी अन्त्य हुने दाबी गर्दै त्यसबाट मात्रै समृद्धिको सपना साकार हुने उनीहरूको भनाइ थियो । सांसदहरूले सङ्घीयताको कार्यान्वयन गर्नुपर्ने बताउँदै निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धतालाई पूरा गर्ने वाचा गरेका थिए । चीनसँग जोडिएको कोरला नाका र भारतीय सीमा नवलपरासीको सुस्तासम्म फैलिएको प्रदेशलाई २ देशबीचको ट्राञ्जिट प्वाइण्टका रूपमा विकास गरी समृद्धितर्फ लग्ने विश्वास दिलाए । बैठकमा नेकपा एमालेका सांसद पृथ्वी सुब्बा गुरुङ, नेपाली काङ्ग्रेसका सांसद कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका सांसद हरिबहादुर चुमानले सम्बोधन गरेका थिए । पहिलो बैठकले प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि पारित गरेको छ । साथै, सभामुखको चयनका लागि अर्को बैठक फागुन ३ गते दिउँसो १ बजे बस्ने निर्णयसमेत गरेको छ । दुई मन्त्रालय सञ्चालन सङ्घीयता कार्यान्वयनका क्रममा प्रदेश नम्बर ४ मा ७ मन्त्रालयमध्ये ४ ओटा मन्त्रालय सञ्चालनमा आएका छन् । पोखरामा सोमवार थप २ मन्त्रालय सञ्चालनमा आएका हुन् । सञ्चालानमा आएका मन्त्रालयमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय छन् । यसअघि प्रदेश प्रमुखको कार्यालय, निवास र संसद् भवन सञ्चालनमा आइसकेका छन् । भौतिक संरचना निर्माणसँगै मन्त्रालय स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए । ‘बाँकी मन्त्रालय पनि छिटै सञ्चालन हुनेछ,’ उनले भने । पोखराको बगरस्थित क्षेत्रीय वन कार्यालयमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय स्थापना भएको छ । यस्तै, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पार्दीस्थित सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा स्थापना भएको हो । उद्योग मन्त्रालय सचिव वननिर्देशक डा. बुद्धिसागर पौडेल र भूमि मन्त्रालयको सचिव क्षेत्रीय कृषि निर्देशक शरदचन्द्र श्रेष्ठले कार्यभार सम्हालेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)