ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पर्यटकीयस्थल टोड्केमा पूर्वाधार निर्माण

Feb 11, 2018  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
म्याग्दी । म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल टोड्केमा धमाधम पूर्वाधार निर्माण भइरहेको छ । जिल्लाको मङ्गला–१ कुहुँ, रघुुगङ्गा गाउँपालिका–५ झिँ र बेनी नगरपालिका–१० पात्लेखेतको सिमानामा अवस्थित टोड्केलाई पर्यटकीय तथा धार्मिकस्थलको रूपमा विस्तार गर्ने उद्देश्यले पूर्वाधार निर्माण भइरहेको हो । धार्मिक रूपमा स्वर्गद्वारीको शाखा मानिने टोड्केलाई हिन्दू धर्मावलम्बीलाई आकर्षित गर्न मन्दिरसहित विभिन्न संरचना निर्माण गरिएको छ । गतवर्षको फागुन २५ देखि ३० गतेसम्म दोस्रो टोड्के महोत्सवको आयोजना गरिएको शिव पुराण एवम् महायज्ञबाट सङ्कलन गरिएको आर्थिक र साविकको कुहुँ, झिँ र पात्लेखेत गाविसबाट विनियोजित कुल ७ लाखमा जीर्ण अवस्थामा रहेको शिव मन्दिरलाई पुरानै संरचनामा पुनर्निर्माण गरिएको कुहुँका युवा एकजित रोकाले बताए । उनका अनुसार काठमाडौंमा रहेको राम मन्दिर व्यवस्थापन समितिको सहयोगमा ११ लाखको लागतमा ४ कोठे चर्पीसहितको आश्रम निर्माण गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रूपमा चिनिएको टोड्केमा पर्यटन बोर्डबाट १ हजार ५ सय मिटरको गोरेटो बाटो, प्रतीक्षालय र दृश्यावलोकन गर्ने केन्द्रसमेत बनाइएको छ । ‘धार्मिक र पर्यटकीयस्थलका लागि थप पूर्वाधारको आवश्यकता छ । अझै पनि विभिन्न क्षेत्रबाट सहयोग सङ्कलन भइरहेको छ,’ टोड्के क्षेत्र विकास कोषका उपाध्यक्ष बाबुराम आचार्यले भने । मङ्गला गाउँपालिकाले टोड्केलाई प्राथमिकतामा राखेको बताएको छ । गाउँपालिकाअन्तर्गत विभिन्न स्थानमा रहेका पर्यटकीयस्थलको प्रचारप्रसार गरिने गाउँपालिका प्रमुख शतप्रसाद रोकाले बताएका छन् । टोड्केमा दुईपटक गुराँस महोत्सवसमेत आयोजना गरिएको थियो । विभिन्न प्रजातिका गुराँस फुल्ने टोड्केमा छोटो दूरीको सुन्दर गन्तव्य मानिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)