ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पदयात्रा प्रवर्द्धन गर्दै महिला पर्यटन व्यवसायी

Feb 12, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
पोखरा । नेपाल टुरिजम बोर्ड पोखरा र पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)ले पदयात्रा प्रवद्र्धनको अभियान चलाएका छन् । यसै क्रममा शनिवार पोखरामा पुरानो पदयात्राको स्थलगत अवलोकनसहित ‘हाइकिङ’ कार्यक्रम सम्पन्न भएको छ । पोखराको ड्यामसाइड, स्तुपा, अनदु हुँदै लेकसाइड जोड्ने छोटो रुटको पदयात्रामा आयोजित कार्यक्रममा पोखराका महिला पर्यटन व्यवसायी, पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधि तथा पत्रकार सहभागी थिए । पर्यटन तथा पदयात्रा प्रवद्र्धनको लक्ष्यले कार्यक्रम आयोजना गरिएको टेवानका सचिव कमला गिरिले जानकारी दिइन् । ‘दि लष्ट ट्रेल’ नाराका साथ आयोजित हाइकिङ कार्यक्रमको शुभारम्भ गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्माले पर्यटन व्यवसायमा महिला सहभागिता बढेको बताए । ‘पछिल्लो समय महिला व्यवसायी पर्यटन प्रवर्द्धन अभियानमा सक्रिय हुनु प्रशंसनीय कार्य हो,’ उनले भने । पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पदयात्रा महत्त्वपूर्ण गन्तव्य बन्ने नेपाल पर्यटन बोर्ड पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले बताए । ‘यहाँका पदयात्राको पहिचान गरी प्रवद्र्धन गर्न पर्यटन बोर्ड तयार छ,’ उनले भने । पर्यटन प्रवद्र्धनको उद्देश्यले संस्था स्थापना भएको बताउँदै टेवानका अध्यक्ष लक्की कार्की क्षेत्रीले आगामी दिनमा पनि प्रवर्द्धनात्मक अभियानमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरिन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)