ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

ताप्लेजुङमा पाथीभरा पर्यटन महोत्सव शुरू

Feb 14, 2018  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
ताप्लेजुङ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाईड्स पाथीभरा म्याराथन शुरू भएको छ । ‘ताप्लेजुङमा अवस्थित आस्था र विश्वासको धरोहर पाथीभरा जाऔं, अलौकिक दैवी शक्ति र अद्वितीय प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गरौ’ नारासहित मङ्गलवारदेखि महोत्सव शुरू भएको हो । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर र कञ्चनजङ्घा हिमाललाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धन गर्दै यस जिल्लालाई १ नम्बर प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा विभिन्न खेलकुद प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांस्कृतिक कार्यक्रमको प्रस्तुति र विभिन्न झाँकी प्रदर्शनी हुने बताइएको छ । मेलाको प्रमुख आकर्षणका रूपमा अन्तिम दिन बिहीवार पाथीभरा म्याराथन हुने आयोजकले बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)