ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सव २०७४

Feb 14, 2018  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
वीरेन्द्रनगर । वीरेन्द्रनगरमा प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि मेलाले रौनक बढाएको छ । सरकारले प्रदेशको केन्द्र तोकेसँगै राजनीतिक सरगर्मी बढेको वीरेन्द्रनगरमा शुक्रवारदेखि व्यापारिक मेला सञ्चालन गरिएको हो । मेलामा साहसिक खेल प्याराग्लाइडिङदेखि बुटवलबाट ल्याइएको उँटको नाच मुख्य आकर्षण बनेको छ । मनोरञ्जनका साथै आवश्यक सामग्री पाइने हु“दा मेलास्थलमा दर्शकको भीड लाग्ने गरेको छ । प्रदेश उद्योग वाणिज्य महासङ्घको आयोजनामा सञ्चालित मेलामा विभिन्न कृषि तथा घरेलु उत्पादन प्रदर्शनीमा राखिएका छन् । मेलामा अग्र्यानिक तरकारी, घ्यू, मह, जडीबुटी, लघु उद्यमीका उत्पादनको स्टल छन् । मेलामा उँट नाचसमेत हेर्न पाइन्छ । उँट नाच हेर्न बालबालिकालाई ५० र अन्यलाई १ सय रुपैया“को टिकट तोकिएको छ । मेला प्रचार–प्रसार समितिका सदस्य पूर्णदेव अधिकारीले महोत्सवमा प्रादेशिक उत्पादनलाई बढी महŒव दिइएको बताए । ‘आयातितभन्दा यस प्रदेशका विभिन्न भूभागमा उत्पादित सामग्रीलाई बढी महŒव दिएका छौं,’ उनले भने, ‘प्रदेश उद्योग वाणिज्य सङ्घकै आयोजनामा भएकाले १० ओटै जिल्लाका उत्पादन प्रवद्र्धन गर्ने मेलाको मुख्य लक्ष्य हो ।’ मेला संयोजक एवम् प्रदेश उद्योग वाणिज्य सङ्घका अध्यक्ष पदमबहादुर शाहीले कर्णाली क्षेत्रको प्राकृतिक सम्पदा र सौन्दर्यलाई मात्र उपयोग गर्न सके प्रदेशको समृद्धि सम्भव हुने बताए । ‘कर्णालीसहित ६ नम्बर प्रदेशका अन्य जिल्लालाई प्रदेशको राजधानीसँग जोडेर व्यापारिक सम्बन्ध कायम गर्न मेला आयोजना गरेका हौं,’ उनले भने । फागुन ८ गतेसम्म सञ्चालन हुने मेलामा ३ लाख दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैया“को कारोबार हुने आयोजकको अनुमान छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)