ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

‘सबै जिल्लामा नमूना शहर’

Feb 14, 2018  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सोमवार पदभार ग्रहण गर्दै प्रदेशका १३ जिल्लामा १३ ओटा नमूना शहर निर्माण गर्ने बताएका छन् । मुख्यमन्त्री भएपछिको पहिलो सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले आफूले भनेको पूरा गरेर देखाउने दाबी गरे । २०४९ देखि २०५९ सम्म हेटौंडा नगरपालिकाको नगरप्रमुख रहेका उनी विकासप्रेमी नेताका रूपमा चिनिन्छन् । प्रदेश ३ हरेक दृष्टिकोणले पहिलो र नमूना भएकोले अब समृद्धिको लागि पूर्वाधार निर्माणमा पनि पहिलो बनाउने उनले बताए । परिणाममुखी, उत्पादनमुखी, व्यवस्थित र योजनाबद्ध काममा आफ्नो ध्यान जाने उनको भनाइ छ । यसैबीच, उनले ३ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका छन् । मन्त्रीमण्डलमा नेकपा एमालेका केशव स्थापित तथा माओवादीका शालिकराम जमरकट्टेल रहेका छन् । स्थापितलाई भौतिक पूर्वाधार विकासमन्त्री र जमरकट्टेललाई आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गरिएको हो । दुवै मन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अनुराधा कोइरालाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)