ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मेटलाइफले शुरू गर्‍यो नयाँ बीमा योजना

Feb 15, 2018  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । मेटलाइफ नेपालले लाइफकेयर नामक नयाँ म्यादी बीमालेख योजना शुरू गरेको छ । यो बीमा योजना महिलाका लागि लक्षित गरी ल्याइएको कम्पनीको भनाइ छ । यो बीमालेखले जीवनको क्षति, आकस्मिक घटना र २४ ओटा घातक रोगबापत विस्तृत आर्थिक सुरक्षा प्रदान गर्ने मेटलाइफले बताएकोे छ । मेटलाइफ नेपालका उपाध्यक्ष एवम् महाप्रबन्धक निर्मलकाजी श्रेष्ठका अनुसार नेपालको बीमा बजारको सुरक्षा रिक्ततालाई पहिचान गरी प्रायः धेरै लाग्ने घातक रोगका लागि यो योजना ल्याइएको हो । ‘यस्ता रोगले सम्बन्धित व्यक्ति र उनीहरूको परिवारलाई मानसिक तथा शारीरिक बोझमात्र नदिई आर्थिक हिसाबले पनि असर गरिरहेको हुन्छ,’ उनले भने, ‘लाइफकेयरले यस्तो कुनै घातक रोग पत्ता लागेको अवस्थामा सम्बन्धित व्यक्ति एवम् उनीहरूको परिवारलाई आवश्यकताअनुसार आर्थिक सुरक्षा र शान्ति प्रदान गर्छ ।’ लाइफकेयरले सम्बन्धित व्यक्तिलाई पत्ता लागेको रोगको उपचार र स्वास्थ्य खर्चका लागि, रोग र उपचारले गर्दा गुमाएको आयलाई पुनःस्थापना गर्न निज काममा नफर्केसम्मको धितो सुरक्षणका लागि वा व्यक्तिगत ऋण रकम भुक्तान गर्नका लागि एकमुष्ट रकम उपलब्ध गराउने उनले जानकारी दिए । १८ देखि ६० वर्ष उमेरसम्मका व्यक्तिले १, ५, १०, १५ र २० वर्षसम्म यस बीमालेखमा आवेदन दिन सक्ने बताइएको छ । योजनामा प्रत्येक ३ महीनामा एकपटक, अर्ध वार्षिक र वार्षिक रूपमा प्रिमियम तिर्न मिल्ने शैली अपनाएको छ । इच्छुक ग्राहकले मेटलाइफ नेपालको वेबसाइटबाट वा एलटी टाइप गरी ३२२८८ मा एसएमएस गरेर लाइफकेयरबारे थप जानकारी लिन सक्नेछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)