ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगर भन्सार कार्यालय : लक्ष्यभन्दा कम राजस्व सङ्कलन

Feb 15, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
विराटनगर । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको ६ महीनाको अवधिमा लक्ष्यअनुसार कम राजस्व सङ्कलन गरेको छ । कार्यालयले पुस मसान्तसम्ममा १३ अर्ब ८३ करोड ३५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा १४ अर्ब ३७ करोड २६ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्यका तुलनामा ९६ दशमलव २६ प्रतिशत मात्र प्रगति हासिल भएको कार्यालयले बताएको छ । गत साउन २८ र २९ गतेको भीषण बाढीपछि विराटनगर भन्सारको राजस्व असुली प्रभावित भएको कार्यालयका प्रमुख मीमांस अधिकारीले बताए । बाढीका कारण सीमावर्ती भारतीय क्षेत्रको मीरगञ्ज खोलाको पुल भत्किएपछि व्यवसायीले रिरुट गर्दै भीमनगर–कोशी ब्यारेज नाकाबाट आयात–निर्यात गरिरहेका छन् । पुलको सामान्य मर्मतपछि गत मङ्सिरदेखि जोगबनी नाकाबाट २० मेट्रिक टनसम्मको मात्र ढुवानी शुरू भएको छ । जोगबनी नाकाबाट सानो परिमाणका मालसामान र पेट्रोलियम पदार्थमात्र आयात भइरहेको छ । पुल र रिरुटका कारण कतिपय व्यवसायीले विराटनगर नाका छाडेर काँकडभिट्टा र भैरहवा नाकाबाटसमेत कारोबार शुरू गरेको कार्यालयको भनाइ छ । ६ महीनाको राजस्वमा बढी योगदान भने मोटरसाइकलको छ । सो अवधिमा भारतबाट विराटनगर हुँदै १२ हजार १ सय ७४ मोटरसाइकल भित्रिएका छन् । गत आवमा १४ हजार ७ सय ९१ वटा मोटरसाइकल भित्रिएका थिए । पुस मसान्तसम्म ८८ करोड २४ लाख ७१ हजार मूल्यबराबरको मोटरसाइकल भित्रिएको छ । उक्त मोटरसाइकलबाट भन्सार कार्यालयले ९१ करोड ९ लाख ६९ हजार राजस्व सङ्कलन गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)