ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोलकातामा ‘नेपाल हाउस’

Feb 20, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
कोलकाता (भारत)। तेस्रो मुलकसँगको व्यापारका लागि मुख्य पारवहन मार्ग भारतको कोलकातामा बसोबास गर्दै आएका नेपालीले ‘नेपाल हाउस’ निर्माण अभियान शुरू गरेका छन् । नेपाल–भारत जनमैत्री सङ्घको कोलकातामा आइतवार सम्पन्न चौथो वार्षिक साधारणसभा उद्घाटन समारोहमा यो जानकारी दिइएको हो । नेपाल सरकार प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईले साधारणसभा उद्घाटन गरेका थिए । कोलकातामा बसोबास गरिरहेका र काम विशेषले यहाँ आउनेलाई सम्पर्कमा सहज होओस् भन्ने उद्देश्यले नेपाली भवन बनाउन लागिएको सङ्घले बताएको छ । सङ्घअन्तर्गतको संयुक्त नेपाली वेलफेयर ट्रष्टका अध्यक्ष खिमराज बरालले कोलकातामा बसोबास गर्दै आएका नेपालीहरूको हित संरक्षण र सहजताका लागि भवन बनाउने योजना बनाएको बताए । यो प्रयोजनका लागि करीब १ करोड भारतीय रुपयामा जग्गा खरिद भइसकेको जानकारी बरालले दिए । सो जग्गामा ४ तले भवन निर्माणको योजना रहेको र यसका लागि ११ करोड भारू आवश्यक पर्ने उनले बताए । नेपाल सरकारसँग सहयोगका लागि आग्रह गरिएको अध्यक्ष बरालले बताए । ट्रष्टले सहयोगका लागि सरकारलाई लेखेको मागपत्र कोलकातास्थित नेपाली महावणिज्यदूत एकनारायण अर्याललाई बुझाएको छ । सचिव राईले भवन निर्माणका लागि आवश्यक सहयोग जुटाउन सरकारसमक्ष पहल गर्ने बताए । महावाणिज्यदूत अर्यालले भवनका लागि जग्गा खरीदमा सरकारले ६ लाख भारू सहयोग गरेको बताउँदै आउँदा दिनमा पनि सक्दो सहयोग गर्ने र यसका लागि आफूले प्रयास जारी राख्ने पनि बताए । कोलकातामा करीब ३ लाख नेपाली बासोबास गर्दै आएका छन् । विभिन्न पेशा र सेवामा कार्यरत नेपाली सङ्गठित भएर हित प्रवर्द्धनका साथै सामाजिक र साहित्यिक सृजनामा सक्रिय भएको संयुक्त नेपाली केन्द्रीय सेवा समितिका अध्यक्ष नरविक्रम थापाले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)