ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बारामा फस्टाउँदै माछापालन व्यवसाय

Feb 23, 2018  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
बारा । पछिल्लो समय बारामा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । माछाको मागसँगै माछापालनक किसानको सङ्ख्या बढेकाले व्यवसाय फस्टाउन थालेको हो । उक्त व्यवसायबाट राम्रो आम्दानी हुने भएकाले यहाँका किसान व्यावसायिक माछापालनतर्फ आकर्षिक भएका छन् । उत्पादित माछा पोखरीबाटै व्यापारीले लाने गरेका छन् । माछापालनका लागि आवश्यक पूर्वाधारसँगै पानीको स्रोत र न्यानो हावापानी भएकाले यो व्यवसाय आम्दानीको स्रोत बन्दै गएको सिम्रौनगढ नगरपालिकाका व्यवसायी चन्द्रशेखर यादवले बताए । आवश्यकता र मागअनुसार दाना उपलब्ध हुन नसक्दा भारतबाट महँगो मूल्य तिरी दाना खरीद गर्नु परेको व्यवसायी बताउँछन् । जिल्लामा सिल्वर, बिग्रेड, कमन, रहु, नैनी, गरास, भाकुरा जातका माछा उत्पादन हुने गरेको छ । सरकारले यो जिल्लालाई माछाको पकेट क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपरजोन कार्यक्रमसमेत लागू गरिएको छ । जिल्लामा माछा उत्पादन र उत्पादित माछाको बजार व्यवस्थापन राम्रो भएको जिल्ला कृषि विकास कार्यालयले बताएको छ । माछापालनका लागि थप कार्यक्रम लागू भएको थाहा पाएपछि तोकेको भन्दा चौबरको सङ्ख्यामा निवेदन परेको जिल्ला कृषि विकास कार्यालय प्रमुख शिवरतन साहले बताए । जिल्लामा उत्पादत माछामध्ये २५ प्रतिशत भारत निकासी हुने गरेको छ भने बाँकी काठमाडौं, वीरगञ्ज, जनकपुर, पोखरा, चितवनलगायतका बजारमा विक्री हुने गरेको कार्यालयका माछा प्राविधिक सहायक दयाराम हरिजनले बताए । जिल्लामा करीब १ हजार ७ सय ६५ हेक्टर क्षेत्रफलमा माछा उत्पादन हुँदै आएको उनले जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)