ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

६ महीनामा थपिए १ लाख १४ हजार करदाता

Feb 23, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । चालू आर्थिक वर्षको ६ महीनामा १ लाखभन्दा धेरै व्यक्ति तथा संस्था करको दायरामा आएका छन् । अर्थ मन्त्रालयमा भएको तथ्याङ्कमा पुस महीनाको अन्त्यसम्ममा १ लाख १४ हजार ३ सय ८० व्यक्ति/संस्था करको दायरामा आएको देखिएको हो । यस अवधिमा ९४ हजार ८ सय ५० जना आयकरतर्फ, १० हजार ३ सय ६० जना मूल्य अभिवृद्धि कर(भ्याट)मा र ९ हजार १ सय ७० अन्तःशुल्कको दायरामा आएका हुन् । ६ महीनामा करदाताको सङ्ख्या बढेर १७ लाख ३८ हजार पुगेपछि राजस्व पनि त्यसै हिसाबले बढ्नेमा मन्त्रालय आशावादी छ । राजस्व सचिव शिशिर ढुङ्गानाले करदाताको सङ्ख्या बढ्नुलाई कर प्रशासनमा भएको सुधारको सकारात्मक प्रभाव भएको बताए । ‘गर्न त अझै धेरै बाँकी छ, भएको प्रयासले सकारात्मक बाटो लिएको हो,’ उनले भने । कर प्रशासनमा भएको सुधारले वार्षिक राजस्वलाई २७ प्रतिशतसम्म बढाउन सफल रहेको राजस्व सचिवको दाबी छ । गतवर्षसम्म १६ लाख २३ हजार २ सय ३१ जना करको दायरामा थिए । तथ्याङ्कले अघिल्लो आवमा मात्रै करीब २ लाख (१ लाख ९२ हजार) करदाता थपिएको देखाउँछ । हालसम्म करको दायरामा रहनेको सङ्ख्या देशको कुल जनसङ्ख्याको करीब ७ प्रतिशत मात्र हो । चालू आवको बजेटमा सरकारले कर, भन्सार, भ्याट, अन्तःशुल्क र अन्य गैरकरबाट रू. ७ खर्ब ३० अर्ब असुली गर्ने लक्ष्य लिएको छ । आउँदो आवमा सो लक्ष्य बढेर साढे ९ खर्ब पुग्ने अनुमान छ । अर्थ मन्त्रालयले अनौपचारिक अर्थतन्त्रलाई पनि क्रमशः करको दायरामा ल्याउने बताउँदै आएको छ । तर हालसम्म यस क्षेत्रमा सरकारको ठोस पहल देख्न नपाएको विश्लेषकहरू बताउँछन् । पछिल्ला ५ वर्षयता सरकारले मदिरा र सुर्तीजन्य वस्तुलाई छोडर अन्यमा करको दर हेरफेर गरेको छैन । करको दर नबढेकाले करदाताहरू क्रमशः करको दायरामा आएको बताइन्छ । यसै अवधिमा व्यावसायिक स्थायी लेखा नम्बर(प्यान) लिएर व्यवसाय गर्नेको सङ्ख्या ९ लाख ६४ हजार पुगेकोे छ । त्यसबाहेक व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको सङ्ख्या ७ लाख ४ हजार छ । प्यान लिएकामध्ये करीब २ लाख भ्याटमा र ६० हजार अन्तःशुल्कमा दर्ता छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)