ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टाटा मोटर्सको लाईफस्टाईल एसयूवी–टाटा नेक्सन बजारमा

Feb 23, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

फागुन ११, काठमाडौं । टाटा मोटर्सले जेन–नेक्स्ट लाईफस्टाईल एसयूुवी, टाटा नेक्सनको नेपालमा व्यावसायिक लञ्च गरेको छ । कमर्शियल सेग्मेण्टमा अग्रणी रहेको टाटाको प्यासेन्जर सेग्मेण्टमा यो प्रभावशाली डिजाइनको गाडी हो ।

टाटा गाडीको नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नेपाली बजारमा विक्री शुरु गरेको हो । गाडीको विक्री शुभारम्भ सिप्रदीका कार्यकारी अध्यक्ष सिद्धार्थ शम्शेर जबरा र टाटाका प्यासेन्जर भेहिकल विजनेश युनिट प्रमुख सुजन रोयले संयुक्त रुपमा गरे । यो गाडी पेट्रोल र डिजल दुई भेरियण्टमा छ । पेट्रोल भेरियण्टको शुरुआती मूल्य ३२ लाख ७५ हजार रुपैयाँ छ भने डिजल भेरियण्टको ४१ लाख ५५ हजार रुपैयाँ छ ।

यो गाडीका एक्स इ, एक्स एम, एक्स टी र एक्सु टु प्लस मोडल छन् । नेक्सन भर्मोण्ट रेड, मोरोक्कान ब्लु, सिटल सिल्भर, ग्लासगो ग्रे र कलगरी व्हाइटमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ग्राहकले नेक्सन खरीदमा ७५ हजार किलोमिटर वा तीन वर्षको वारेण्टी पाउन सक्नेछन् । कम्पनीले गत पुस १६ गतेदेखि नेक्सनको बुकिङ खुला गरेको थियो । भारतमा यो गाडी युवापुस्तामा लोकप्रिय छ । यो गाडीको प्रतिस्पर्धामा फोर्डको इकोस्पोर्ट, सुजुकी भिटारा ब्रेजा र रेनल्टको डस्टर छ ।

टाटाका विजनेस युनिट प्रमुख सुजन रोयले भने, ‘टाटा नेक्सन उच्चतम चरणको परिवर्तन हो जसले टाटा मोटर्सको गतिशिल बजारलाई थप वृद्धि गर्नेछ ।’ सिप्रदीका कार्यकारी अध्यक्ष राणाले भने, ‘टाटा नेक्सन एसयुभी सेग्मेण्टमा पहिलो प्रवेश हो । यसअघि हामीले ह्याचब्याक र सेडान ल्याइसकेका छौं । टाटाको यो उच्चस्तरीय उत्पादनमा हामी गौरवान्वित छौं ।’

कम्पनीका अनुसार अग्रिम बुकिङ गर्ने सय जनाले ७५ प्रतिशत एक्सचेन्ज भ्यालु, एक वर्षको लागि निःशुल्क तेल, एक वर्षको लागि फ्री सर्भिसिङ, एक सय बीस प्रतिशत रिफण्ड भ्यालु लगायतका सुविधा पाउनेछन् । नेक्सनको आंशिक डिजाइन ल्याण्ड रोभर र रेन्ज रोभर इभोकबाट प्रेरित छ । कर्भ डिजाइन, पृथक स्टाइल र स्मार्ट फिचरका कारण एसयुभी मोडलमा नयाँ आयाम ल्याएको कम्पनीको भनाई छ ।

प्रोजेक्टर हेडल्याम्प, एलइडी डे टाइम हेडल्याम्प र एलइडी टेल ल्याम्पयूक्त नेक्सनमा १६ इन्चको एलोइ व्हील, उत्कृष्ट फिटीङ, ड्यास टप एच डी इन्फोटेन्मेण्ट डिस्प्ले र मल्टी ड्राइभिङ मोड सिस्टम छ ।

पेट्रोल भेरियण्टको नेक्सन रिभोर्ट्न एक्स इ, एक्स एम, एक्स जेड प्लस र एक्स जेड प्लस डुअल टोन क्रमशः ३२ लाख ७५ हजार, ३४ लाख ९५ हजार , ३९ लाख ९५ हजार र ४० लाख ५५ हजार रुपैयाँ मूल्य छ ।

यसैगरि डिजल भेरियण्टको नेक्सन रिभोर्टन एक्सटी, एक्स जेड प्लस र एक्स जेड प्लस डुअल टोनको मूल्य क्रमशः ४१ लाख ५५ हजार, ४४ लाख ५५ हजार र ४५ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)