ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एकीकृत बस्ती निर्माण : मौलिकता झल्किने आवास बनाए ५० हजार थप अनुदान

Feb 25, 2018  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाली मौलिकता झल्कने घर/आवास निर्माण गरे थप रू. ५० हजार उपलब्ध गराउने बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले एकीकृत बस्तीहरू निर्माण गर्दा त्यस प्रकारका आवास निर्माण गरे थप रकम उपलब्ध गराउन पहल गर्ने बताएका हुन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ को जरायोटार गाउँमा निर्माण हुन लागेको एकीकृत बस्तीको शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन् । जरायोटारमा ६४ घरपरिवार छन् । उनले एकीकृत बस्ती निर्माण गर्दा पूर्वाधार निर्माणका लागि पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । २०७२ को भूकम्पबाट त्यस गाउँका सबै बस्ती भत्किएका थिए । प्राधिकरणले एकीकृत बस्ती विकास, एकीकृत आवास निर्माण, पुनस्र्थापना तथा स्थानान्तरणका लागि आवश्यक मापदण्ड बनाई उपयुक्त स्थानको पहिचान गरी आयोजना कार्यान्वयन गराउँदै आएको छ । १० वा बढी घरपरिवार मिलेर एकीकृत बस्ती निर्माण गर्न चाहेमा प्राधिकरणले सहयोग गर्ने नीति लिएको छ । जरायोटारवासीको एकीकृत बस्ती निर्माणको इच्छालाई आइसेट नेपालले विस्तृत डिजाइन बनाउन सहयोग गरेको छ । पुल्चोक क्याम्पसका दुई जना प्राध्यापक तथा २५ जना विद्यार्थीले गाउँमै पुगेर बस्ती विकासको सम्भाव्यता अध्ययन गर्न सहयोग गरेका छन् । एकीकृत बस्ती निर्माण गर्न प्रत्येक परिवारले रू. २ लाखका दरले एउटा सामूहिक कोषमा रकम जम्मा गरेको स्थानीय पुनर्निर्माण तथा पुनर्वास समितिका अध्यक्ष टीकादत्त धितालले बताए । सरकारले घोषणा गरेको रू. ३ लाख त्यही कोषमा जाने उनले बताए । घरको लागत रू. १३ देखि १८ लाखसम्म हुने अनुमान गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)