ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

हाइटेक शिक्षाको आवश्यकता महसूस

Feb 25, 2018  
शिक्षा
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । अबको शिक्षा किताबमा निर्भर भएको नभई हाइटेक हुनुपर्ने शिक्षा क्षेत्रका विज्ञहरूले सुझाव दिएका छन् । ‘सङ्घीय नेपालमा गुणस्तरीय शिक्षा’ विषयक अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी विभिन्न देशका विभिन्न विश्वविद्यालयमा आवद्ध विज्ञहरूले यस्तो धारणा व्यक्त गरेका हुन् । राजधानीमा शुक्रवारदेखि चलेको २ दिने उक्त सम्मेलनले शिक्षाको विकासका लागि मुख्यतः चारओटा विषयमा काम हुनु आवश्यक रहेको निष्कर्ष निकालेको छ । विकसित देशहरूले शिक्षामा राम्रो लगानी गरेका कारण नै उनीहरू आजको अवस्थामा पुगेको भन्दै यसबाट हामीले पनि पाठ सिक्नुपर्ने विचार वक्ताहरूले राखेका थिए । सम्मेलनमा, सङ्घीय नेपालमा कस्तो शिक्षा लागू गर्ने भन्ने सन्दर्भमा अन्तरराष्ट्रिय सन्दर्भ, नेपालको विद्यालयशिक्षाको भविष्यको आयाम, परिवर्तित सन्दर्भमा प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि केन्द्रको भूमिकाजस्ता दुई दर्जनभन्दा बढी विषयमा छलफल भएको थियो । सम्मेलनमा सङ्घीय प्रणालीमा विभिन्न देशले के कसरी शिक्षाको प्रबन्ध मिलाएका छन् भन्ने सम्बन्धमा पनि प्रस्तुतिहरू समेटिएका थिए । सम्मेलनले तय गरेका निष्कर्षसहित सुझाव तयार गरी शिक्षा आयोग, शिक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालयलगायत सम्बन्धित निकायहरूलाई हस्तान्तरण गर्ने सम्मेलनको आयोजक उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)का अध्यक्ष रमेश सिलवालले जानकारी दिए । विकास र समृद्धिको नारा लिएर गठन भएको सरकारले आफूहरूको सुझाव मनन् गरी कार्यान्वयन गर्ने विश्वास रहेको सिलवालले बताए । ‘सम्मेलनले निकालेका निष्कर्षहरू देशको विकासका लागि अत्यावश्यक रहेका छन्,’ उनले भने, ‘अबको समयमा पनि यस्ता कुरा कार्यान्वयनमा नल्याउने हो भने नीति मात्रै बनाएर परिणाम राम्रो आउने छैन ।’ सम्मेलनमा नेपाल, अमेरिका, बेलायत, भारत, थाइल्याण्ड लगायतका विभिन्न १६ देशका विज्ञहरूको सहभागिता थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)