ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पोखरामा सिएट टायरको ग्राहक भेटघाट

Feb 27, 2018  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

फागुन १५, पोखरा । सिएट टायरले पोखरामा ग्राहक भेटघाट कार्यक्रम आयोजना गरेको छ । सिएट टायरको विशेषताहरुको बारेमा जानकारी गराउनुका साथै व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको यस क्षेत्रको आधिकारिक विक्रेता मोनिका सप्लायर्सका सञ्चालक मोहनबाबु खड्काले जानकारी दिए ।

‘सिएट टायरको विक्री पछिको सेवा राम्रो छ,’ खड्काले भने, ‘भारतमा उत्पादित सिएट टायर पोखरा भित्रिएको छोटो समयमा नै लोकप्रिय बनेको छ ।’

सिएट टायर संसारभर लोकप्रिय रहेको बताउदै यसका नेपाल कन्ट्री म्यानेजर रजनिस कुमारले भने, ‘नेपालमा सिएट टायरको माग उच्च छ ।’ सिएट टायरले ग्राहकको विश्वास जित्न सफल भएको उनको दाबी छ । अरु ब्राण्डभन्दा उत्कृष्ट, बढी माइलेज दिने विशेषताका कारण सिएट टायर ग्राहकको रुचीमा पर्ने कन्ट्री म्यानेजर रजनिसले बताए ।

कार्यक्रममा पोखरा तथा आसपासका यातायात व्यवसायी तथा सिएट टायरका ग्राहकहरु गरी करीब एकसय जनाको सहभागिता थियो ।

भारतमा सन् १९४७ देखि उत्पादित सिएट टायर संसारका धेरै राष्ट्रहरुमा विक्री हुँदै आइरहेको छ । मोटरसाइकलदेखि जहाजसम्मका सिएटका टाएरहरु उत्पादन हुँदै आइरहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)