ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नवनियुक्त अर्थ र उद्योगमन्त्रीसँग महासङ्घ प्रतिनिधिमण्डलको भेट

Feb 27, 2018  
समाचार मुख्य खबर
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
फागुन १५, काठमाडौं (अस) । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडा र उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवसँग नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलले मङ्गलवार भेट गरेको छ । सिंहदरवारस्थित मन्त्रालयमा पुगेर महासङ्घ प्रतिनिधिमण्डलले नवनियुक्त अर्थमन्त्री र उद्योगमन्त्रीलाई भेटेर बधाई तथा शुभकामना दिएको छ । सोमवार अर्थमन्त्रीको कार्यभार सम्हालेका दुबै मन्त्रीलाई महासङ्घले सफल कार्यकालको शुभकामना ब्यक्त गरेको छ । देशको आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्र सरकारसँग मिलेर अगाडि बढ्न तयार रहेको भन्दै महासङ्घले अर्थमन्त्री खतिवडा र उद्योग मन्त्री यादवलाई निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न आग्रह गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)