ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

जनप्रतिनिधिमाथि गुनासै गुनासा

Feb 28, 2018  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
अछाम । करीब २० वर्षपछि स्थानीय सरकार बन्दा सदरमुकाम धाएर गर्नुपर्ने काम घरआँगनमै हुने भनेर यहाँका बासिन्दा खुशी भएका थिए । तर, स्थानीय तहमा जनप्रतिनिधि आएको करीब १ वर्ष पुग्न केही महीना मात्र बाँकी रहँदा पनि समयमै काम नहुँदा स्थानीय निराश भएका छन् । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि कार्यालयीय काम छिटोछरितो हुने अपेक्षा स्थानीयको थियो । तर, हाल जनप्रतिनिधिमाथि नै गुनासो बढेको छ । अहिले एउटा सिफारिश बनाउन पनि ३ देखि ४ घण्टाको बाटो हिँडेर जानुपर्नेे स्थानीयको गुनासो छ । घरदैलोमा नै हुनसक्ने कामका लागि पनि लामो समयसम्म हिँडी नगरपालिकाको कार्यालयमा नै पुगेर सेवा दिनुपरेको मङ्गलसेन नगरपालिका–७ का वडाध्यक्ष सिद्धराज ढुङ्गानाले बताए । हालसम्म सबै ठाउँमा वडा कार्यालयसमेत स्थापना नहुँदा सेवाग्राही वडाध्यक्ष खोज्दै हिँड्नुपरेको छ । वडा कार्यालयहरूमा कर्मचारी त छैनन् नै, वडाध्यक्ष पनि वडा कार्यालयमा नभेटिने स्थानीय व्यापारी टङ्कप्रसाद भण्डारीको भनाइ छ । ‘जनप्रतिनिधिबाट नागरिकले जुन आशा गरेका थिए, ती सबै सपनामा मात्रै सीमित भएको छ,’ उनले भने । जनप्रतिनिधिका नजीकको मान्छेले मात्रै स्थानीय तहबाट सेवा उपयोग गर्ने गरेको उनको आरोप छ । जनप्रतिनिधिले सडकहरूमा मात्रै बजेट छुट्याई सिँचाइ तथा कुलोमा बजेट नछुट्याउँदा कृषकका योजनाहरू अलपत्र परेको स्थानीय कृषकहरूले गुनासो गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)