ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नहर छ, पानी छैन

Feb 28, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
रौतहट । हिउँदमा खेतीयोग्य जमीनमा सिँचाइको समस्या हुँदा रौतहटका अधिंकाश किसान मर्कामा परेका छन् । गहुँ र मकै खेती गरेका किसानलाई सिँचाइको पानी नपुगेको हो । बागमती नदीमा पानीको सतह घटेपछि खेतीमा सिँचाइको समस्या भएको किसानको गुनासो छ । वर्षेनि यो समयमा नहरमा पर्याप्त पानी नहुने रङ्गपुरका किसान सूर्य गौतमले बताए । हिउँदे मकै र गहुँमा सिँचाइ गर्न बोरिङको भर पर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । बागमतीमा अहिले पानी घटेपछि सिँचाइका मुहान सुकेका छन् । बागमती सिँचाइ आयोजनाले लामो समयदेखि विभिन्न प्याकेज बनाई सर्लाही र रौतहटका ५५ हजार हेक्टर खेतमा सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ । प्रत्येक वर्ष वर्षात्को समयमा मूल नहरमा क्षति हुने र मर्मत गरी पुनः सञ्चालन गरे पनि पानी प्रवाहमा समस्या हुने गरेको आयोजनाका प्राविधिकहरू बताउँछन् । रौतहटका किसानलाई ४८ र सर्लाहीलाई ६४ क्युसेक पानी उपलब्ध गराउने आयोजनाको लक्ष्य भए पनि पानीको मुहान सुक्दै गएपछि समस्या भएको आयोजनाका डिभिजन इञ्जिनीयर भक्तकुमार लालले बताए । धान लगाउने बेला ७५ प्रतिशत मात्र पानी पुग्ने र हिउँदमा सिँचाइको समस्या हुने गरेको उनले जानकारी दिए । रौतहट, बारा, सर्लाही, महोत्तरी र धनुषाका करीब १ लाख २२ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य छ । सुनकोशी मरिन डाइभर्सन परियोजना पनि अघि सारेकाले केही समयपछि सिँचाइको समस्या नहुने आयोजनाको दाबी छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)