ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

चेम्बर–विदेशी प्रतिनिधि भेट : नेपालमा लगानी गर्न आग्रह

Mar 1, 2018  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले दुई छुट्टाछुट्टै देशका प्रतिनिधिसँग भेटवार्ता गरेको छ । चेम्बरले नेपालका लागि जर्जियाका राजदूत आर्चिल डजोलिसभिल र स्पेनका म्याड्रिड नगरपालिकाका कार्यवाहक मेयर लुइस कार्लाेस क्युटो अलभरेज डे सोटोमेयरसँग भेटवार्ता गरेको हो । बुधवार चेम्बर भवनमा भएको भेटमा दुई देशबीचको आर्थिक विकासका लागि छलफल भयो । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले राजनीतिक सङ्क्रमणकाल अन्त्य भई स्थायी सरकार बनेसँगै नेपालमा लगानीको वातावरण बनेको जानकारी दिए । उनले कृषि, पर्यटन, हाडड्रो, खनिजजन्य वस्तुलगायतका क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेकाले लगानीका लागि आग्रहसमेत गरे । साथै, उनले दुई देशको आर्थिक विकासका लागि आपसी समझदारी गरी दीर्घकालीन रणनीतिक कार्यहरू अगाडि बढाउन आवश्यक रहेको औंल्याए । नेपालका लागि जर्जियाका राजदूत डजोलिसभिलले नेपालसँग सहकार्य गरी अगाडि बढ्न आफूहरू तयार रहेको बताए । अर्काे कार्यक्रममा स्पेनको म्याड्रिड नगरपालिकाका कार्यवाहक मेयर सोटोमेयरले सहरको आर्थिक विकासमा नगरपालिकाहरूको भूमिका महत्त्वपूर्ण हुने स्पष्ट पारे । उनले काठमाडौं महानगरपालिकासँग मिलेर सहकार्य गर्न दुई पक्षीय समझदारी भएको जानकारीसमेत गराए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)