ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

काम शुरू नहुँदै १५ लाख खर्च

Mar 6, 2018  
प्रदेश समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
अछाम । जिल्लाको मङ्गलसैन नगरपालिका–६, ठूलासैनमा खानेपानी आयोजना निर्माण अलपत्र परेको छ । निर्माण सम्झौता भएको २ वर्ष बित्दा पनि आयोजनाको काम अघि बढ्न सकेको छैन । आयोजना रू. ६० लाखको लागतमा बन्ने बताइएको थियो । तर, काम नै नगरेर १५ लाख रुपैयाँ पेश्की निकासा भइसकेको छ । उच्च भागमा रहेको ठूलासैन डाँडामा मेशिनले खनेर पानी निकाल्न ट्युबेल सिष्टम प्रयोग गर्ने तयारी छ । मेशिन चलाउने प्राविधिक नै सम्पर्कविहीन भएकाले आयोजनाको काम अघि बढ्न सकेको छैन । अहिले पानी निकाल्ने मेशिन खिया लागेर बिग्रिने अवस्थामा पुगेको छ । मङ्गलसैन नगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद जैसीले उपभोक्ता समितिले काममा ढिलासुस्ती गरेकाले समितिको नाममा रहेको योजनाको बाँकी ३५ लाख रकम नगरपालिकाको खातामा ट्रान्सफर गरेको बताए । आयोजनाको नाममा १५ लाख पेश्की निकासा भएको र महालेखा परीक्षकको टोलीले अनुगमन गर्दा योजनाको १५ लाख रकम बेरुजू निकालेकाले समयमै काम सम्पन्न नगरे सो रकम उपभोक्ता समितिको नाममा आउने उनकोे भनाइ छ । हिउँद लागेसँगै सो क्षेत्रमा पानीको हाहाकार हुने गरेको छ । ठूलासैन बजारमा सञ्चालित होटेलहरूले पानी अभाव झेल्दै आएका छन् । २० लिटर पानीको भरियालाई बोकाएबापत ३०–४० रुपैयाँसम्म खर्चनु परेको स्थानीय होटल व्यवसायी जसुदेवी भण्डारीले बताइन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)