नेपाल अन्तरराष्ट्रिय व्यापार मेलाको तयारी अन्तिम चरणमा
Mar 6, 2018
 
समाचार
अभियान संवाददाता
फागुन २२, काठमाडौं । फागुन २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने ‘नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०१८’ को तयारी अन्तिम चरणमा पुगेको नेपाल उद्योग वाणिज्य महासङ्घले बताएको छ । मेलाका लागि स्टल निर्माण तथा सजावटको कार्य शुरू भइसकेको आयोजकले मङ्गलवार जानकारी दिएको हो ।
उक्त मेलाको प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम छ । मेला नेपाल सरकार÷वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य सङ्घ र नेपाल हस्तकला महासङ्घको सह—आयोजनामा हुन लागेको हो ।
‘सोकेशिङ नेपाल एण्ड दी ग्लोब’ मुख्य नाराका साथ प्रत्येक वर्ष आयोजना हु“दै आएको नेपाल अन्तरराष्ट्रिय व्यापार मेलाको यो सातौं संस्करण हो । मेलाका लागि सबै स्टलहरू बुक भइसकेको आयोजकले बताएका छन् । कुल ३ सयभन्दा बढी स्टल रहने उक्त मेलामा स्वदेशी एवम् विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । मेलामा नेपालसहित सार्क मुलुकहरू चीन, भारत, पाकिस्तान, बङ्गलादेशलगायतको सहभागिता रहनेछ ।
नेपाल अन्तरराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, एनटीआईएस प्रोडक्टहरू रहनेछन् । मेलाका अवसरमा अन्तरराष्ट्रिय खरीदकर्तास“ग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्यसमेत रहेको आयोजकले बताएका छन् । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवम् व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी, शिक्षा, औषधि, फलाम तथा स्टील, सवारीसाधन आदिका छुट्टाछुट्टै स्टलहरू रहनेछन् ।
आयोजकका अनुसार मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूस“ग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीबारे छलफलसमेत हुनेछ । यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करीब २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ । मेलामा भाग लिन तथा मेलाको अवलोकनका लागि चीनको व्यावसायिक प्रतिनिधिमण्डल नेपाल आइसकेको छ ।
मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तरराष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरूको अन्तरराष्ट्रिय बजार प्रवद्र्धन गरी मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुग्ने विश्वास महासङ्घको छ ।
यस वर्षको मेलाको सहयोगी संस्थाहरूमा चाइना एक्जिबिशन एण्ड फोरम कम्पनी लि., अर्घाखा“ची ओपीसी सिमेण्ट, गार्मेण्ट एशोसिएशन नेपाल, फूटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपाल, प्रान, ग्लोबल आईएमई बैङ्क, इभेण्ट म्यानेजमेण्टमा डीएन इभेण्ट्स, अफिसियल इन्स्योरेन्समा प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल, अफिसियल कार्गोमा गणेश एयर कार्गो लि., अफिसियल आईएसपीमा मर्कण्टायल कम्युनिकेशन प्रालि रहेका छन् ।