ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

दृष्टिविहीन दम्पतीको साबुन उद्योग

Mar 9, 2018  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
बनेपा । दुवै आँखा गुमाएका काभ्रे बनेपाका एक दम्पती राजीव तामाङ र उनकी श्रीमतीले १ लाखको लगानीमा साबुन उद्योग सञ्चालनमा ल्याएका छन् । ५ वर्षदेखि साबुन उद्योगमा काम गरिरहेका राजीवले कात्तिक १९ बाट फुलचोकी साबुन उद्योग सञ्चालनमा ल्याएका हुन् । काभ्रेको बनेपा–९ मा रहेको उक्त उद्योगले राजीवजस्तै अरू दुई दृष्टिविहीनलाई पनि रोजगारी दिइरहेको छ । २०७२ सालको भूकम्पपछि पूर्ण रूपमा दृष्टिविहीन भएपछि राजीवले उद्योगमा काम गर्न सकेनन् । केही समय बेरोजगार भएर बसेका उनले सहयोगी हातहरू जुटेपछि उद्योग सञ्चालन गर्ने सोच बनाए । साबुन उद्योगमा सिकेको आप्mनो शीपलाई सदुपयोग गर्दै उनले श्रीमतीको सहकार्यमा उद्योग सञ्चालन गरिरहेका छन् । उनले भने, ‘आफू दृष्टिविहीन भएर पनि उद्योग सञ्चालन गर्न पाएकोमा र आफूजस्ता दृष्टिविहीनहरूलाई रोजगारी दिन पाएकोमा खुशी लागेको छ ।’ उद्योगबाट दैनिक ५० देखि ६० केजी साबुन उत्पादन हुने गर्छ । उद्योगबाट उत्पादित साबुन स्थानीय बजारमा विक्री गरिरहेको उनले जानकारी दिए । साबुन उत्पादन गर्न चाहिने कच्चा पदार्थ उनले काठमाडौंबाट मगाउँछन् । उत्पादित साबुन अरू साबुनको तुलनामा कम मूल्य र गुणस्तरीयसमेत भएको दम्पतीको दाबी छ । दृष्टिविहीन भएकाले बजार व्यवस्थापन गर्न मुश्किल भएकाले उनीहरूलाई दुई छोरा र छोरीले सहयोग गरिरहेका छन् । साबुन उत्पादन गरेरै उनीहरूले मासिक २० हजार आम्दानी गरिरहेका छन् । उनी भन्छन्, ‘सामान उत्पादन गर्न त केही समस्या छैन । तर, त्यसको बजारीकरण गर्न भने अलि कठिनाइ भइरहेको छ । यो ठाउँमा हामी नयाँ भएर यो समस्या आएको हो कि जस्तो लाग्छ ।’ बिनादर्ता उद्योग सञ्चालन गरेका राजीव अपाङ्गता भएका व्यक्तिहरूलाई उद्योग दर्ता गर्दा नेपाल घरेलु तथा साना उद्योग कार्यालयले केही सहुलियत दिने थाहा पाएपछि छिट्टै उद्योग दर्ता प्रक्रियामा जाने तयारीमा छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)