ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एनसेलका ग्राहक १ करोड ६४ लाख

Mar 9, 2018  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । एनसेलको माउ कम्पनी आजियाटाले सार्वजनिक गरेको एक रिपोर्टअनुसार डिसेम्बर २०१७ सम्ममा एनसेलको ग्राहक सङ्ख्या १ करोड ६४ लाख पुगेको छ । त्यसमा ५२ प्रतिशतले स्मार्टफोन प्रयोग गर्ने गरेको पाइएको छ । उक्त रिपोर्ट अनुसार सन् २०१६ को तुलनामा स्मार्टफोन प्रयोगकर्ताको सङ्ख्या १० प्रतिशत बिन्दुले बढेको र कम्पनीको कुल ग्राहक सङ्ख्या पनि गत १ वर्षको अवधिमा १० दशमलव १९ प्रतिशतले बढेको छ । मोबाइल सेवाका ग्राहक बढ्नु, डाटाको शुल्क घट्नु र स्मार्ट फोनको मूल्यमा आएको गिरावटले स्मार्टफोन प्रयोगककर्ताहरू बढिरहेको दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू बताउँछन् । २०१७ जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा एनसेलका १५ लाख १६ हजार नयाँ ग्राहक थपिएको आजियाटाले सार्वजनिक गरेको सोे रिपोर्टले देखाएको छ । जसअनुसार एनसेलमा ग्राहक सङ्ख्याको राम्रो वृद्घि भएको छ र यसको सहयोगले अपेक्षित अन्तरराष्ट्रिय लामो दूरीको कल सेवाबाट भएको आय गिरावटमा राहत दिएको छ । आजियाटाको उक्त रिपोर्टअनुसार एनसेलको २०१७ को कुल आम्दानी रू. ५८ अर्ब ५४ लाख रहेको छ । जसमा इण्टरनेट सेवाबाट हुने आय पनि बढेको छ । रिपोर्टअनुसार कुल आम्दानीमा डाटाको योगदान १९ प्रतिशत छ र कुलग्राहक सङ्ख्यामा झण्डै ४४ प्रतिशतले डाटा सेवा लिएका छन् । एनसेलका अनुसार फोरजी सेवाको शुरुवातपश्चात् डाटा सेवाको प्रयोगमा वृद्घि भएको हो । फोरजी सेवाको शुरुवातपश्चात् डाटा सेवाप्रतिस्पर्धी बन्दै सस्तो हुँदा प्रयोगकर्ता र माग दुवै बढिरहेको टेलिकम कम्पनीहरू बताउँछन् । एनसेलले हालसम्ममा काठमाडौं उपत्यकाका तीन शहरलगायत देशका विभिन्न २१ शहरहरूमा फोरजी सेवा पुर्‍याइसकेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)