ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अष्ट्रेलियन एजुकेशन फेयर हुँदै

Mar 11, 2018  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । काठमाडौं र पोखरामा अष्ट्रेलियन एजुकेशन फेयर आयोजना हुने भएको छ । ‘प्रोफेशनल एजुकेशन अष्ट्रेलियन फेयर २०१८’ नामक उक्त शैक्षिक मेला आइतवार काठमाडौंको अन्नपूर्ण होटल र सोमवार पोखराको होटल पोखरा ग्राण्डमा हुने भएको हो । मेलाको आयोजक, उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई विगत २४ वर्षदेखि परामर्श सेवा दिँदै आएको प्रोफेशनल एजुकेशन कन्सल्टेन्सी रहेको छ । संस्थाका प्रबन्ध निर्देशक एसके श्रेष्ठका अनुसार मेलामा अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि आवश्यक पर्ने सम्पूर्ण सूचना तथा जानकारी प्रदान गरिनेछ । अहिलेको समयमा अष्ट्रेलिया गएपछि नेपाली विद्यार्थीले कुन विषय पढ्दा उपयुक्त हुन्छ, कति शुल्क लाग्छ, उक्त विषयको अध्ययनले स्वदेशी तथा विदेशी बजारमा रोजगारीका सम्भावनालगायत विषयमा जानकारी दिइने उनले बताए । मेलामा अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय, कलेज तथा शिक्षा उपलब्ध गराइरहेका करीब २० संस्थाका प्रतिनिधि उपस्थित हुने बताइएको छ । ‘विद्यार्थीले सम्बन्धित शैक्षिक संस्थाका प्रतिनिधिबाट नै सूचना लिन पाउने हुनाले मेला उपयोगी हुने विश्वास छ,’ श्रेष्ठले भने, ‘मेलामा आउनुअघि नै दर्ता गर्ने विद्यार्थीलाई आईएलटीएस तयारी कक्षामा ५० प्रतिशत छूटको व्यवस्था गरिएको छ । यस संस्थाले यसअघि पनि दुईपटक शैक्षिक मेला आयोजना गरिसकेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)