ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५५ अर्ब ऋण लगानी

Mar 11, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
धनगढी । प्रदेश नम्बर ७ का ९ जिल्लामध्ये ७ ओटा जिल्लामा निक्षेपभन्दा ऋण लगानीमा वृद्धि भएको पाइएको छ । २०७४ असार मसान्तसम्म ४१ दशमलव ३ अर्र्ब निक्षेप तथा ४४ अर्ब ऋण लगानी भएको नेपाल राष्ट्र बैङ्क धनगढीको तथ्याङ्कले देखाएको छ । विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूले कैलालीमा ३० दशमलव ८ अर्ब, कञ्चनपुरमा ९ दशमलव ३ अर्ब, डडेल्धुरामा १ दशमलव ४ अर्ब, डोटीमा १ अर्ब, बैतडीमा शून्य दशमलव ७ अर्ब, अछाममा शून्य दशमलव ३ अर्ब तथा दार्चुलामा शून्य दशमलव ५ अर्ब गरी कुल ४४ अर्ब ऋण लगानी गरेको पाइएको छ । नेपाल राष्ट्र बैङ्क केन्द्रीय कार्यालय अनुसन्धान विभागका निर्देशक डा. गुणाकर भट्टका अनुसार चालू आवको ६ महीनाको अवधिमा झण्डै ५५ अर्ब रुपैयाँ यो प्रदेशमा ऋण लगानी भइसकेको छ । ५५ जिल्लाको निक्षेप र कर्जाको आधारमा प्रदेश नम्बर ७ का बझाङ र बाजुराबाहेकका ७ जिल्लामा प्रवाहित भएको कर्जाको कुल कर्जामा हिस्सा २८ प्रतिशत तथा कुल निक्षेपमा हिस्सा १८ प्रतिशत छ । नेपालको कुल गार्हस्थ्य (जीडीपी)मा ७ नम्बर प्रदेशका हिमाली शून्य दशमलव ८१, पहाडी १ दशमलव ८० र तराईका जिल्लाको ३ दशमलव ७५ गरी ६ दशमलव ३७ प्रतिशत योगदान रहेको उनले बताए । मुलुकको आर्थिक वृद्धिदर ४ प्रतिशतको सेरोफेरोमा घुमिरहेको बताउँदै उनले ७ नम्बर प्रदेशमा ७ प्रतिशत सडक, ३५ प्रतिशत सिँचाइ सुविधा, ४० मेगावाट विद्युत् उत्पादन, ४५ प्रतिशत स्वास्थ्यमा पहुँच, कुल ८८ स्थानीय तहमध्ये ३४ स्थानीय तहमा मात्रै वित्तीय पहुँच पुगेको जानकारी गराए । ‘पछिल्लो तथ्याङ्कअनुसार यस प्रदेशमा निक्षेपभन्दा लगानी बढेको छ । झण्डै ५५ अर्ब ऋण लगानी तथा ४१ अर्ब निक्षेप सङ्कलन भएको छ,’ उनले भने । नेपालको संविधान २०७२ को धारा ११९ (३) अनुसार हरेक वर्षको जेठ १५ गते अर्थमन्त्रीले सदनको बैठकमा बजेट प्रस्तुत गर्नुपर्नेछ । त्यसअनुसार नेपाल राष्ट्र बैङ्कले ७ ओटै प्रदेशका सरोकारवालासँग कृषि, उद्योग, सेवा, पूर्वाधार, वैदेशिक व्यापारलगायत विषयमा सुझाव सङ्कलन गरी अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाउनका लाडि बैङ्कको केन्द्रीय अनुसन्धानको टोली धनगढी आइपुगेको भट्टले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)