ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शङ्खपार्क निर्माणका लागि गुरूयोजना

Mar 12, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ४ को शङ्खपार्क निर्माण गर्न गुरूयोजना प्रस्ताव गरिएको छ । २२ रोपनी क्षेत्रफलमा फैलिएको शङ्खपार्कलाई बहुविशेषतायुक्त बनाउन र आधुनिक पार्कको रूपमा विकास गर्न महानगरपालिकाले बनाएको गुरूयोजना छलफलका लागि आइतवार सार्वजनिक गरिएको हो । शङ्ख पार्कको प्रस्तावित गुरूयोजना आइतवार छलफलका लागि सार्वजनिक गर्दै महानगरपालिकाले पार्क निर्माण गर्न रू. ३ करोड ४ लाख लागत लाग्ने बताएको छ । गुरुयोजनामाथि छलफल गर्न वडाले आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा सुरक्षा गर्ने काम चुनौतीपूर्ण रहेको बताए । उनले अन्य वडामा भएका सार्वजनिक जग्गा खोजी गरी सार्वजनिक प्रयोगमा रूपान्तरण गर्न आवश्यक भएको धारणा व्यक्त गरे । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक जग्गा संरक्षण गर्न सबैको सहयोग आवश्यक भएको बताए । शङ्ख पार्क व्यवस्थापनबाट शुरू भएको सार्वजनिक जग्गा उपयोग प्रवद्र्धनबाट वडावासीलाई लाभ हुने उनले दाबी गरे । कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष मोहन विष्टले पार्कको प्रयोग गर्दा शहरी आचरण मापदण्ड र यसको पालनामा जोड दिने बताए । पुरातŒव विभागका महानिर्देशक भेषनारायण दाहालले पार्कलाई अत्याधुनिक बनाउन उपकरणसहितको खुला जिम र साइकल ट्र्याक बनाउन सुझाव दिए । गुरूयोजनाको प्रस्तुतीकरण गर्दै आर्किटेक्ट प्रमिला पराजुलीले शङ्खपार्क निर्माणका लागि १ हप्तासम्ममा सुझाव सङ्कन गरिने बताए । अहिले पार्कमा शौचालय, शङ्खपार्क स्तम्भ, खुला स्थान, वेञ्चहरु, चौतारोलगायतका भौतिक संरचना छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)