अभियान संवाददाता
दाङ । ग्राहकको मन जित्न सफल ओप्पो मोबाइलको थोक खरीद अब दाङबाटै गर्न सकिने भएको छ । घोराहीको स्वर्गद्वारी एपेक्स प्रालिले अब दाङसहित राप्तीका सबै जिल्लामा यो कम्पनीको मोबाइल खरीदको व्यवस्था गरेको बताएको हो ।
कार्यक्रममा ओप्पोका राप्ती सेल्स मेनेजर हरिहर खनालले यो कम्पनीले सन् २००१ बाट आफ्नो उत्पादन शुरू गरेको र अहिलेसम्म आउँदा विभिन्न गुणस्तरयुक्त मोबाइल सेटहरू बजारमा ल्याएको बताए । यो कम्पनीका मोबाइल अन्य कम्पनीभन्दा सुविधाजनक भएको उनले दाबी गरे ।
प्रालिका अध्यक्ष आकाशराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सविन प्रियासनले मोबाइलको गुणस्तरमा कसैसँग सम्झौता गर्न नहुने बताए । उनले अहिलेसम्म यो कम्पनीको मोबाइल राम्रो भएको बताए । यसभन्दा पहिले यहाँका मोबाइल पसलहरूले जिल्ला बाहिरका डिलरहरूबाट यो मोबाइलको थोक खरीद गर्दै आएका थिए ।