अभियान संवाददाता
काठमाडौं । सुजुकीको स्पोर्टी र ट्रेण्डी सेलेरियो एक्स कार नेपाली बजारमा भित्रिएको छ । सुजुकी फोर व्हिलर्सको आधिकारिक वितरक सीजी मोटोकर्प तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजनले उक्त कार बजारमा ल्याएको हो ।
सेलेरियो एक्स स्पोर्ट्समा एरोडाइनामिक शैली तथा अग्र भागको वरिपरि एक्स थिममा आधारित ग्राफिक्स रहेको छ । कारको दायाँबायाँ भाग, पछाडिको बम्पर र स्किड प्लेटमा राखिएको सुरक्षात्मक कभरले गाडीलाई आकर्षक र प्रभावशाली बनाएको कम्पनीको भनाइ छ । ग्रिल, फोगगार्निस, क्लाड, रुफ गार्निस तथा इण्टेरियरमा लगाएको चमकदार कालो आवरणले गाडीलाई स्टाइलिस लुक दिएको छ ।
बजारको चाहनाअनुरूप यो मोडललाई अझ स्टाइलिस तथा स्पोर्टी बनाउँदै लग्ने कम्पनीको लक्ष्य छ । सेलेरियो एक्स ओरेञ्ज रङको सिग्नेचर रङमा उपलब्ध छ ।
यो रङले युवा जोश र स्पोर्टिनेस झल्काउँछ । ग्राहकले यो गाडी अन्य रङ आर्कटिक ह्वाइट, ग्लिसनिङ ग्रे, क्याफिनब्राउन र टर्क ब्ल्यू मध्यबाट रोज्न सक्नेछन् । सम्पूर्ण कालो इण्टेरियरमा सेतो रङको परिष्कृत समयोजनले गाडीको इण्टेरियर अझ स्पोर्टि देखिन्छ । यसमा इण्टेरियर र एक्सटेरियरको सूक्ष्म तर बेजोडको रङ समिश्रण झल्किन्छ । कालो रङको सिटमा सुन्तला रङको समायोजनले गाडीको स्र्पोटी लुक्सलाई थप निखार दिएको छ ।
सेलेरियो एक्स नेपालमा डुअल एयर ब्याग र आण्टिलक ब्रेकिङ सिष्टममा उपलब्ध छ । सिटबेल्टको प्रयोगलाई सुनिश्चित गर्दै ड्राइभरको साइडमा सिट बेल्ट रिमाइण्डरको व्यवस्था गरिएको छ । अडियो माउण्टेड कण्ट्रोलसहितको म्युजिक सिष्टम, किलेस इण्ट्री, ड्राइभरको सिटको उचाइ घटबढलगायत विशेषताले युक्त कार आरामदायी रहेको कम्पनीले जानकारी दिएको छ । शक्तिशाली के नेक्ष्ट इञ्जीनयुक्त यस गाडीको शुरुआती मूल्य २६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।